लालबन्दीमा करिब साँढे चार हजार किशोरीहरुलाई एचपीभी खोप लगाइने

329 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका चार हजार भन्दा बढी किशोरीहरुलाई एचपीभी खोप लगाइने भएको छ।लालबन्दी नगरपालिकाका १७ वटै वडाका १० देखि १४ वर्ष उमेर समुहका चार हजार छ सय जना किशोरीहरुलाई एचपीभी खोप लगाइने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिकाका १७ वटा वडाभित्रका चार हजार छ सय ६० जना किशोरीहरुलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको छ।कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न एचपीभी खोप लगाउने सरकारको लक्ष्य अनुसार लालबन्दी नगरपालिकाले पनि यही माघ २३ गतेदेखि २९ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम संचालन हुने स्वास्थ्य शाखा संयोजक मिकरानीले बताए ।
 एचपीभी खोप अभियान सम्वन्धी लालबन्दी नगरपालिका ६ को सभा हलमा नगरस्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम गरी नगरपालिकाको स्वास्थ्य शाखाले सो कुरा जानकारी गराएको हो ।एचपीभी खोप अभियान र खोपको महत्वबारे जनस्वास्थ्य निरीक्षक राजकुमार सिंह र रोशन चौधरीले अभिमुखीकरणमा सहभागीलाई प्रष्ट पारेका थिए। उनीहरुले ढुुक्क भएर एचपीभी खोप लगाउन आग्रह गरेका छन् ।
एचपीभी खोप अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले आग्रह गरे।उनले आफ्नो पहिलो अभियान नै नगरको स्वास्थ्य क्षेत्रको स्तरोउन्नती गर्दै सरल र सुलभ तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्ने भएकाले गम्भिर भएर लाग्न स्वास्थ्यकर्मीहरुका साथै सरोकारवालाहरुसंग आग्रह गरे ।अभिमुुखीकरण कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष,स्वास्थ्य चौकीका प्रमुखहरुका साथै स्वास्थ्कर्मीहरु र नगरपालिकाको विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार