सर्लाहीको हरिवन नगरपालिका ५, घुर्कौलीमा तामाङ समुदायको राष्ट्रिय चाड सोनाम ल्होसारको अवसरमा प्रथम घुर्कौली बृहत साँस्कृतिक महोत्सव सुरु भएको छ ।मन्जुश्री सम्वत् २८६१ डुल÷सा पुख्री ल्हो सोनाम ल्होसारको अवसरमा साँँस्कृतिक महोत्सव आयोजना गरिएको हो । महोत्सवको बुधबार दिउँसो सर्लाही क्षेत्र नं. १ प्रदेश सभा (ख) की प्रदेशसभा सदस्य एवम पूर्व मन्त्री बेची लुंगेलीले उद्घाटन गरेकी आयोजक समितिका अध्यक्ष सिंहलाल योन्जनले जानकारी दिए ।
सोनार ल्होसारको अवसरमा आयोजना गरिएको साँस्कृतिक महोत्सवको उद्घाटन समारोहमा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान,नेकपा(एकीकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा र नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष वुद्ध लामा लगायतको विशेष उपस्थिति रहेको थियो ।तीन दिनसम्म चल्ने साँस्कृतिक महोत्सवमा विभिन्न तामाङ राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति सहित तामाङ मुदायको भेषभुषासहितको झाँकीसहित साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको राजु लो तामाङले बताए ।