सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई पत्रकारद्धयले मिष्ठान्न भोजन गराएका छन् ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीका निवर्तमान अध्यक्ष टंक बहादुर क्षेत्री र पत्रकार शिव पुरीले लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराएका छन् ।
हरिवन नगरपालिका ८ चापिनी निवासी नेपाल पत्रकार महासंघ सर्लाहीका निवर्तमान अध्यक्ष क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराएका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।
त्यस्तै,नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य रौतहटको चन्द्रनिगाहपुर निवासी पत्रकार पुरीले दिवंगत बुवा पूर्णबहादुर पुरीको ४५ औँ दिनको पुण्य तिथीको अवसर पारेर लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराएका आश्रमकी अध्यक्ष भवानी कोइरालाले बताईन्।