सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ मोहनपुरकी एक नावालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।असार १६ गते स्थानीय अन्दाजी वर्ष ४२ का तहिद मन्सुरले अन्दाजी १३ वर्षिय नावालिकालाई जबरजस्ती करणीको प्रयास गरेपछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए ।पीडित पक्षको असार १९ गते बालयौन दुरुपयोग सम्बन्धी कसुरमा जाहेरी दिएपछि फरार भएका तहिद इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा आफैँ हाजिर भएका पाइएको छ ।प्रहरीले असार २० गते बालयौन दुरुपयोग सम्बन्धी कसुरमा आएको जाहेरी प्रहरीले १ सय ३१ नम्बरमा दर्ता गरेदेखि फरार रहेका तहिद इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा आफैँ हाजिर भएका भएपनि प्रहरीले हाल सम्म पनि सार्वजनिक गरेको छैन् ।
जसरी पनि प्रहरीले प्रकाउ गर्ने भए पछि ताहिद आफै इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा आफैँ हाजिर भए पनि राजनीतिक कारण उनलाई उन्मुक्ति दिने प्रयास गरिएको पीडित पक्षको गुनासो छ।आफ्नो घर नजिकै फुलबारीमा दाउराखोज्न गएकी बालिबालाई तहिदले रुखमा भढ्न लगाएर आफुपनि रुखमा चढी जबरजस्ती करणीको प्रयास गरेका तर बालिका भागेरबलात्कृत हुनबाट बचेकी भन्दै पीडित पक्ष बालयौन दुरुपयोग सम्बन्धी कसुरमा जाहेरी लिएर इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास पुगेका थिए ।
त्यस्तै,पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको इश्वरपुर नगरपालिका ५ स्थित फुलजोरबाट भरुवा बन्दुक सहित पक्राउ परेका स्थानीय अन्दाजी वर्ष ३४ का गोविन्द बस्नेतलाई वनकर्मीहरुको टोलीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको जिम्मा लगाएका भएपनि करिब एक महिना हुन थाग्दा समेत प्रहरीले सार्वजनिक गरेको छैन् ।सव डिभिजन वन कार्यालय घारीबाट गस्तीमा खटिएको वनकर्मीहरुको टोलीले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएका बस्नेतलाई प्रहरीले सार्वजनिक नगर्नुले प्रहरीको नियतमाथि स्थानीयले शंका गर्न थालेका छन् ।
माघ ९ गते राती करिब १ बजे नियमित वन गस्तीमा निस्केको वनकर्मीहरुको टोलीले फुलजोर चोकमा भरुवा बन्दुक लोड गरी जंगली जनावरहरुको सिकार गर्न जानका लागि तयारी रहेका बस्नेतलाई नियन्त्रणमा लिएपछि आवश्यक कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासलाई बुझाएको भएपनि प्रहरी टोलीले हाल सम्मपनि उनलाई सार्वजनिक गरेको छैन्।
स्थानीय जनप्रतिनिधि साथै विभिन्न राजनीतिक दलका नेताहरुले प्रहरीलाई दवाव सृजना गरेका कारण प्रहरीले उनको विवरण सार्वजनिक नगरेको स्थानीयको आरोप छ।सो विषयमा ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा बुझ्दा बस्नेतलाई लोड भएको भरुवा वन्दुक सहित नियन्त्रणमा लिएको पुष्टि गरे ।