सर्लाहीमा अवैध तस्करी तथा व्यापारीहरूसँग प्रहरीको मिलेमतोमा असुली धन्दा चर्किएको पाइएको हो ।सर्लाहीको ईलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत असई गगनदेव भगत माली र प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मधेश प्रदेशका घुमुवा असई तेज नारायण यादवमाथि व्यापारीहरूसँग खुलेआम रकम असुली गरेको गम्भीर आरोप लागेको छ।
सर्लाहीको बलरा, फेनहरा, सिमरा ,बहादुरपुर,मधुवनी गाउँ,अर्नाहा र छन्की टोला लगायतका सीमावर्ती नाकाहरूबाट अवैध तस्करी खुलेआम भइरहेको पाइएको हो।स्रोतका अनुसार यी नाकाहरूबाट कपडा, किराना सामान,लाइटर,माछा र कबाड लगायत धान र मकै जस्ता सामाग्री भारतबाट नेपाल खुलेखाम रुपमा आई रहेको छ भने नेपालबाट गिट्टी,बालुवा र मद्यिरा भारततर्फ तस्करी भई रहेको पाइएको छ । व्यापारीहरूले प्रहरीका घुमुवाहरूको संरक्षणमा यी सम्पूर्ण तस्करी गतिविधिहरू सञ्चालन भइरहेको आरोप लगाएका छन्।बरहथवामा तस्करी गरिएका सामाग्रीहरू भण्डारण गरिन्छ र त्यहाँबाट देशभर आपूर्ति हुने गरेको पाइएको छ।असई यादव तस्करीका गतिविधिमा मात्र नभई प्रहरी विभागका विभिन्न तहसम्म सेटिङ मिलाउने काममा पनि संलग्न रहेका प्रहरी अधिकारीहरु नै बताउँछन्।
उनी ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही मातहत रहेका प्रहरी चौकी शंकरपुरको प्रमुखका रूपमा कार्यरत भए पनि वास्तविक रूपमा घुमुवा भूमिका निर्वाह गरिरहेका पाइएको छ ।असई यादव यसअघि पनि विवादमा परेका थिए।स्रोतका अनुसार उनी मलंगवाको झिम नदी किनारमा रातको समयमा मद्यिरामा लठ्ठ भएर एक युवतीसँग अश्लील गतिविधिमा लिप्त रहेको अवस्थामा स्थानीय युवाहरूले नियन्त्रणमा लिएर शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा।गणलाई बुझाएका थिए ।
असई यादवले व्यापारीहरू सुरेश यादव, लखिन्द्र यादव,सरोज यादव,राजेश ठाकुर, राजेश महतो,विजय यादव,नबिन चौधरी, बुधु यादव र राम ईश्वर लगायतका व्यापारीहरुबाट असुली गरिरहेको प्रहरी स्रोतले जनाएको छ।व्यापारीहरूसँग मिलेर उनीहरूले नियमित रूपमा असुली धन्दा सञ्चालन गरिरहेको आरोप लागेको छ। तस्करी नियन्त्रण गर्नुपर्ने प्रहरी नै तस्करहरूका संरक्षक बनेपछि स्थानीयबासीहरू आक्रोशित भएका छन्।यस घटनापछि प्रहरी प्रशासनको चर्को आलोचना भइरहेको छ।अब यी घुमुवा प्रहरीमाथि के कारबाही हुन्छ भन्ने विषय चासोको विषय बनेको छ।
यता,सो विषयमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाका प्रमुख एवम डिआईजी लालमणी आचार्यलाई जानकारी गराउँदा उनले जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहलाई ती घुमुवाहरूलाई कारबाही गर्न निर्देशन दिइसकेको बताए।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंहले ती असई यादवलाई पटक पटक चेतावनी दिएको बताए ।