सर्लाहीका दुई चिनी उद्योग बन्द,इन्दु शंकर मंगलबार मात्रै चल्ने

402 Shares

सर्लाहीका दुईवटा चिनी उद्योगले यस वर्षको क्रसिङ बन्द गरेका छन् ।जिल्लामा रहेका तीन वटा चिनी उद्योग मध्य महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले यस वर्षको लागि उखु क्रसिङ बन्द गरेका हुन् ।अन्नपूर्ण चिनी उद्योगले चालु सिजनमा नौ लाख २१ हजार र महालक्ष्मी चिनी उद्योग बगहदले १३ लाख ८० हजार एक सय चार क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ ।
यता सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी  उद्योग लि.अन्तीम अवस्थामा पुगेको र फागुन २७ गते अर्थात मंगलबार अन्तीम सूचना जारी भएको उद्योग प्रशासनले जनाएको छ ।अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योगले उखु उत्पादक किसानहरुको बाँकी भुक्तानी करिब एक महिनाभित्र दिइ सक्ने बताएका छन्।दुवै उद्योगले माघ महिनासम्मको भुक्तानी दिइसकेको दावी गरेका छन् ।
किसानले उखु ल्याउन छाडेपछि इन्दुशंकर विगत एक सातादेखि “नो क्यान”मा सञ्चालन भइरहेको छ ।उद्योगले करिब  ३० लाख क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ।यो वर्ष उखु उत्पादन घटेकाले हरेक चिनी उद्योगले उखु उत्पादक किसानहरुलाई एक हप्तादेखि १० दिनभित्रैमा भुक्तानी गरेका छन्।उद्योगबाट भुक्तानी लिन यो वर्ष खासै समस्या नरहे पनि सरकारले अनुदान वापत प्रदान गर्ने प्रतिक्विन्टल रु ७० भने अनिश्चित नै रहेको उखु उत्पादक किसानहरुको गुनासो छ ।

सम्बन्धित समाचार