सर्लाहीको हरिपुर र इश्वरपुर नगरपालिकाका करिब दुई हजार विपन्न घरधुरीलाई खाद्यान्न प्राप्त भएको छ।इस्लामिक रिलिफ नेपालको सहयोग तथा बागमती सेवा समाज नेपाल हरिवनको सहजीकरणमा ईश्वरपुर र हरिपुर नगरपालिकाका विभिन्न स्थानका एक हजार नौ सय छ घरघुरीलाई खाद्यान्न सहयोग गरिएको बागमती सेवा समाज नेपाल हरिवनका कार्यकम संयोजक रजनीश महतोले जानकारी दिए ।

उनका अनुसार हरिपुर नगरपालिका नौ सय ५३ र इश्वरपुर नगरपालिकाका नौ सय ५३ गरी कुल एक हजार नौ सय छ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

स्वास्थ्य,खानेपानी तथा जीविकोपार्जनको क्षेत्रमा काम गरि रहेको बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपालको प्रति घरधुरी करिब रु छ हजार बराबरका दरले खाद्यान्न सहयोग गरेको आयोजकले जनाएको छ ।

