सर्लाहीका तीनवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तपूर्वक सम्पन्न भएको छ।स्ववियु निर्वाचन हुने सर्लाहीका चार वटा क्याम्पसहरुमा सर्लाही क्याम्पस मलंगवा,जनज्योती बहुमुखी क्याम्पस लालबन्दी,चर्तुभुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवन र कर्मैया आदर्श जनता क्याम्पस बागमती मध्य कर्मैया आदर्श क्याम्पस बागमतीमा निर्विरोध र अरु बाँकी रहेका तीन वटा क्याम्पसमा मंगलबार स्ववियु निर्वाचन भएको हो।कर्मैया आदर्श जनता क्याम्पस बागमतीमा नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) निर्विरोध निर्वाचित भएको छ।भने सर्लाही क्याम्पस मलंगवा,जनज्योती बहुमुखी क्याम्पस लालबन्दी र चर्तुभुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा निर्वाचन भएको छ ।
जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा एक हजार ८४ जना मतदाता रहेकमा सात सय ४७ जना विद्यार्थीहरुले मतदान गरेका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मनोज बख्रेलले जानकारी दिए ।उनका अनुसार सर्लाही क्याम्पस मलंगवामा तीन हजार दुई सय ४९ मतदाता रहेकामा एक हजार एक सय ६७ र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा आठ सय २८ मतदाता रहेकामा छ सय ६७ जना विद्यार्थीहरुले मतदान गरेका छन् ।मंगलबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो।मतदान सकिएपछि विद्यार्थीहरुका प्रतिनिधिहरुसंग छलफल गरेर मतगणनाको काम सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
स्ववियु निर्वाचनमा सम्वन्धित क्याम्पसको स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत् विद्यार्थीहरुले मतदान गर्न पाउने छन्।सर्लाहीका तीनवटा क्याम्पसमध्ये सर्लाही क्याम्पस मलंगवामा तीनवटा संगठन एवम एउटा नेपाल विद्यार्थी संघको वागी समूह,जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा दुुई÷दुईवटा विद्यार्थी संगठन प्रतिस्पर्धामा रहेका छन् ।स्ववियु निर्वाचन विद्यार्थीहरुको निर्वाचन भनिएपनि विभिन्न राजनीतिक दलहरुले आफ्नो दलको राजनीतिक प्रतिष्ठाको रुपमा लिएर विद्यार्थीको निर्वाचनलाई दलको निर्वाचनको झल्को दिएका जानकारहरु बताउँछन् ।