निजी क्षेत्रको सहकार्य विना सरकारी कामले पुर्णता पाउन सक्दैन् : अध्यक्ष बलम्पाकी

375 Shares

कमलामाई मिडिया प्रा.लि.द्धारा सञ्चालित कमलामाई अनलाईन टि.भी.मा पत्रकार शंखर पहाडी (गौरब)ले उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी मगर (दिपक)संग गरिएको भला कुसारीको सम्पादित अंश


प्र.उद्योग बाणिज्य संघ लालबन्दीको अध्यक्ष भएर तपाईको कार्यकालमा झेल्नु परेका बाधा , अड्चनहरु र समस्याहरु केके रहेछन् ?
उद्योग बाणिज्य संघ लालबन्दी अत्यन्तै नाजुक अवस्थाबाट यहाँ आई पुगेको छ।मैले मेरो कार्यकालमा नीति निर्माण तथा व्यवस्थापकिय कामहरु गरेँ।आन्तरीक धेरै कामहरु भएको थिएन् ।मेरो नेतृत्वको टिमले यी कामहरु गरौँ ।
प्र.लालबन्दीको व्यापार व्यवसायको अवस्था के छ ?
कोरोनारा महामारी देखि आर्थिक मन्दी तथा युक्रेन र सियाको युद्धले नेपाल जस्तो भुपरिवेष्ठित राष्ट्रलाई निकै ठूलो असर गरेको छ।कोरोना माहामारीदेखि लालबन्दीको व्यापारमा देखा परेको समस्या अहिले झन विकराल रुपमा रहेको छ।केही ठूला व्यापारीहरुलाई समस्या नभएको भएपनि हामी जस्ता साना व्यापारीहरुलाई अहिलेको नेपालको अवस्थाले निकै मार परेको छ ।निजी क्षेत्रको अवस्था वास्तवमै अहिले नाजुक छ।ठूला व्यापारीहरुले देशको अर्थतन्त्रलाई कब्जा गरि राखेका छन्।केही सिमित ठुला व्यापारीहरुले देशको आर्थतन्त्र चलायमान गराउनध्यान नदिँदा साना व्यापारी व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन् ।त्यसका साथै खुल्ला सिमा नाकाका कारण स्थानीय व्यापारी व्यवसायीहरु मारमा परेका छन् ।स्थानीय स्तरमा आधिकारीक रुपमा करतिरेका तथा करको दायरामा आएका व्यापारीहरुलाइृ खुल्ला रुपमा कर छलेर आएको सामानले मारमा परेको छ ।
प्र.कर छलिलाई नियन्त्रण तथा न्यूनिकरण गर्न तर्फ उद्योग बाणिज्य संघको ध्यानाकर्षण कतिको भएको  छ ?
हाम्रो ध्यानाकर्षण भएको छ।हामीले प्रहरी प्रशासनका साथै भन्सार कार्यालयलाई समेत यस विषयमा पटक पटक ध्यानाकर्षण गराएका छौँ।त्यसरी भन्सार छली तथा कर छलि गएर नेपाल भित्रिएका माल वस्तुका कारण स्थानीय,प्रदेश तथा संघीय करमा समेत प्रभाव पारेको छ ।हामीले आफैँले छापामारी गर्न पाउँदैनौँ।हामीले सरोकारवाला निकायसंगको समन्वयमा समय समयमा बजारको अनुगमन गरि रहेका छौँ।हामीले अनुगमन गर्दा ती गैर कानूनी रुपमा काम गरि रहेका व्यापारीहरु भाग्ने गरेका छन्।जसका कारण कार्वाही हुनु सकिरहेको छैन् । 
प्र. लालबन्दी नगरपालिका भित्र सञ्चालित धेरै व्यापारी व्यवासायीहरु उद्योग बाणिज्य संघमा दर्ता भएका छैनन् भन्ने छ हो ?
लालबन्दी नगरपालिकाका १७ वटा वडाहरुमा करिब छ हजार व्यापारी व्यवसायीहरु रहेका छन्।तर करिब दुई हजार पाँच सय व्यापारी व्यवसायीहरु मात्रै उद्योग बाणिज्य संघ लालबन्दीमा दर्ता भएका छन्।हामीले प्रभावकारी रुपमा अभियान सञ्चालन गर्न नसक्दा ती व्यापारी व्यवसायीहरु करको दायरामा नआएका हुन।भने कर सम्बन्धी अन्यौलताका कारण पनि ती व्यापारी व्यवसायीहरु उद्योग बाणिज्य संघमा आवद्ध नभएका हुन भन्ने लाग्छ।उद्योग बाणिज्य संघमा कुनैपनि व्यपारी व्यवसायीहरु आवद्ध हुँदा सदस्यता शुल्क बाहेक अन्य कर लाग्दैन्।बाँकी स्थानीय,प्रदेश तथा संघीय सरकारले लिने कर त व्यापारी व्यवसायीहरुले तिर्नुपर्छ । 
प्र.उद्योग बाणिज्य संघले प्रशासन तथा स्थानीय सरकारसंगको सहकार्य तथा साझेदारीमा काम गर्न सकिन्छ की सकिदैन् वा सहकार्य आवश्यकता हुन्छ की हुन्न ?
कुनै पनि सरकारले निजी क्षेत्रसंगको साझेदारीमा काम गर्नु पर्छ।किनकी निजी क्षेत्रसंगको साझेदारी विना कुनैपनि सरकार पुर्ण रुपमा सफल हुन सक्दैन्।निजी क्षेत्रको लगानीमा भउका कामहरु र सरकारी लगानीको काम निकै फरक हुन्छ।त्यस कारण सहकार्य र समन्वय आवश्यक हुन्छ।जसको उद्धाहरण लालबन्दी नगरपालिका ७ मा निर्माण भएका दुई वटा व्यापारीक भवनहरु हुन।जो निजी क्षेत्रको सहकार्य नभएकाले ती भवनहरु अहिले अलपत्र अवस्थामा रहेका छन् ।
हामीले लालबन्दीको बजार व्यावस्थापनका सवालमा पटक पटक नगरपालिकासंग समनवय र छलफल भई रहेको भएपनि नगरपालिका र जनप्रतिनिधिहरु त्यसप्रति मौन देखिएका छन् ।जसका कारण लालबन्दीको माछा बजार,खसी बजारका साथै भित्रि तरकारी बजार तथा कपडा बजार अस्तव्यस्त छ ।
प्र.व्यापार व्यावसायको प्रवद्र्धन गर्न र ठूला व्यापारीहरु तथा दातृ निकायहरुलाई लगानी गर्ने वातावरण बनाउन उद्योग बाणिज्य संघको भूमिका के हुन्छ ?
यस विषयमा देशव्यापी नीतिगत रुपमा समस्या देखिएको छ।लालबन्दीमा रोजगारी सृजना गर्ने तथा ठूला लगानी कर्ताहरु तथा दातृ निकायहरुले लगानी गर्ने वातावरण मिलाउने पहिलो दायित्व स्थानीय सरकारको हो।साथै कतिपय कुरा हामीले जनप्रतिनिधिहरुलाई बुझाउन नसक्दा र जनप्रतिनिधिहरुले बुझ्न नचाँहदा पनि त्यो वातावरण सृजना हुन नसकेको हो।उद्योग बाणिज्य संघ आफ्नै छुट्टै आर्थिक स्रोत नभएको संस्था भएकाले पनि कतिपय अवस्थामा चाहे अनुसार काम गर्न सकिरहेको छैन् । 
प्र.उद्योग बाणिज्य संघ लालबन्दीको अध्यक्ष भएर अहिले सम्मको अवधिमा भएका सिकाईहरु केके हुन ?
उद्योग बाणिज्य संघको औचित्यका विषयमा बुझ्ने अवसर पाएको छु।टिममा काम गर्ने तथा कार्य सम्पादन गर्न सक्ने बनाएको छ।यो अवसर सृजना गरिदिने लालबन्दीका व्यापारी व्यावसायीहरु प्रति आभार व्यक्त गर्दछु।बाहिर बसेर अरुको आलोचना तथा मुल्यांकन गर्न भन्दा पनि जिम्मेवारीमा आएपछि त्यो बिल्कुलै फरक हुन्छ।निजी क्षेत्रको साझा संगठन भएकाले उद्योग बाणिज्य संघलाई हेर्ने व्यापारी व्यवसायीहरुको दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ ।

 
सम्बन्धित समाचार