सर्लाहीको लालबन्दी नगरपालिका ४ हरिभवनबाट चिताईन तर्फ जाने बाटोको नाला निर्माणमा गुणस्तरहिन काम भएको भन्दै स्थानीयले आपती जनाएका छन्।लालबन्दी नगरपालिकाको रु पाँच लाखको लागतमा निर्माण सुरु भएको लालबन्दी नगरपालिका ४ हरिभवनबाट चिताईन तर्फ जाने पुछार गाउँको बाटोको नाला निर्माणमा गुणस्तरहिन काम भएको,प्राविधिक मुल्यांक विपरित काम भएको,निर्माण स्थलमा सूचना बोर्ड समेत नरहेको साथै बाटो तथा नाला वाङ्गो निर्माणको भन्दै स्थानीय टंक दाहालले आफु कानुनी निकायमा जाने भन्दै आपती जनाएका छन् ।

स्थानीय इन्द्र बहादुर खत्री(विमल)को अध्यक्षतमा गठन भएको निर्माण उपभोक्ता समितिले निर्माणस्थलमा सूचना बोर्ड नराख्नु पनि शंका गर्ने ठाउँ रहेको स्थानीयको भनाईछ।सो सम्बन्धमा लालबन्दी नगरपालिका ४ का वडा अध्यक्ष सत्य नारायण चौधरी(शशि)ले निर्माण स्थलको स्थलगत अवलोक गरी दिन हामीसंग आग्रह गरे।उनले बाटो तथा नाला निर्माणको क्रममा केही प्राविधिक कारण देखाउँदै टंक दाहालले बाटो वाङ्गो बनाईएको विषयमा चासो राखेका,बाटो तथा नाला निर्माण स्थल नजिकै दाहालले जग्गा पर्ने र उनले बाटोको क्षेत्रााधिकार भन्दा बाहिर आफुले काम गर्न नदिने अडान लिएका थिए ।आर्थिक वर्षको अन्त्यमा हतार हतारमा हुने कामले निर्माणको काम कति गुणस्तरिय हुन्न भन्ने सबैले चासो व्यक्त गरेका छन् ।तर निर्माण उपभोत्ता समिति र स्थानीय विच राजनीतिक आग्रह पुर्वाग्रहका कारण विवाद भएको जस्तो देखिएको प्राविधिकहरुको भनाई छ ।