सर्लाहीको लालबन्दी जेसीजले आफ्नो स्थापना दिवशको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।वर्ष–२०२५ कि अध्यक्ष जेसी सुनिता खरेल(थपलिया)को अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले उद्घाटन गरेका कार्यकारिणी उपाध्यक्ष एवम कार्यक्रम संयोजक जेसी रामेश्वर महतोले जानकारी दिए ।

कार्यक्रममा लालबन्दी जेसीजका पुर्व अध्यक्ष जेसी ठाकुर प्रसाद बख्रेल (मनोज),जेसी श्याम कुमार खड्का,जेसी सन्तोष पौडेल,निवर्तमान अध्यक्ष जेसी उपेन्द्र महतो,संस्थापक अध्यक्ष जेसी किरण घिमिरे,लाइन्स क्लब अफ लालबन्दी सिटिका अध्यक्ष दिपक थापा,रक्त संचार केन्द्र जनकपुरका प्रयोगशाला प्रमुख नारायण न्यौपाने,नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपसाखा प्रमुख ध्रु्रुब घिमिरे,जनज्योती बहुमुखी क्याम्पसका उपाध्यक्ष कमल प्रसाद पौडेल,लालबन्दी उद्योग वाणिज्य संघ लालबन्दीका संस्थापक अध्यक्ष देविबन्धु थापा र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारी लगायतको विशेष उपस्थिति रहेको आयोजकले जनाएको छ।शनिबार सञ्चालन भएको रक्तदान कार्यक्रममा ८४ जना रक्तदाताले रक्तदान गरेका लालबन्दी जेसीजका महासचिव कोमल प्रसाद गौतमले जानकारी दिए ।