सर्लाहीको पद्धमभुवनेश्वरी बृद्धाश्रम सहित प्रदेश २ का तीन वृद्धाश्रमलाई सम्मान सहित आर्थिक र खाद्यान्न सहयोग

3.9k Shares

सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको पद भुवनेश्वरी नमुना वृद्धासेवा श्रम सहित प्रदेश २ का तीन वृद्धाश्रमलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार(आज) प्रदेश २ को महिला,बालबालीका,युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका तीन वृद्धाश्रमलाई २५ हजार नगद र रु २५ हजार बराबरको खाद्यान्न सामग्री उपलब्ध गराई सम्मान समेत गरेको हो ।
प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले जेष्ठ नागरिकलाई घरेलु अपहेलनामुक्त गराउने बताउनु भएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार(आज) महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री सिंहले जेष्ठ नागरिकलाई घरेलु अपहेलाबाट मुक्त गर्न ठोस नीति ल्याउने बताउनु भयो ।
घर र समाजमा वृद्धवृद्धालाई अपमान हुनेक्रम बढेको,जीवनको उतरार्धमा जेष्ठ नागरिकलाई अपमानित हुन नदिन अगामी दिनमा ठोस कार्यक्रम ल्याउने योजनामा मन्त्रालय रहेको मन्त्री सिंहले बताउनु भयो ।
मन्त्री सिंहले जेष्ठ नागरिक भगवानसरह भएको उल्लेख गर्नु भयो । कार्यक्रममा प्रदेश २ का ८ जिल्लाका १६ जना जेष्ठ नागरिकलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो ।
उहाँका अनुसार दिवसको अवसरमा प्रदेश २ का ८ जिल्लाबाट २÷२ जनालाई दोसल्ला, सम्मान पत्र र नगद रु ५ हजार सहित मन्त्रालयले सम्मान गरेको हो । कार्यक्रममा तीन वृद्धा आश्रमलाई रु २५ हजार नगद र रु २५ हजार बराबरको खाद्यान्न सामग्री उपलब्ध गराइएको मन्त्रालयको महाशाखा प्रमुख देवकुमारी खत्रीले बताउनु भयो ।

सम्बन्धित समाचार