सर्लाहीको लालबन्दीमा वन डढेलो नियन्त्रण तथा प्रदर्शनी सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।डिभिजन वन कार्यालय सर्लाहीको आयोजनामा लालबन्दीमा शुक्रबारबाट सुरु भएको दुई दिने वन डढेलो नियन्त्रण तथा प्रदर्शनी सम्बन्धी कार्यक्रम शनिबार सम्पन्न भएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सुचना अधिकारी एवम सहायक वन अधिकृत हिरोहित चौधरीले जानकारी दिए ।उनका अनुसार जिल्ला भरीका सामुदायिक तथा साझेदारी वन समुहहरुका पदाधिकारी एवम सदस्यहरुका साथै जिल्लाका वनकर्मीहरु र सुरक्षा अधिकारीहरुलाई वन डढेलो नियन्त्रण तथा प्रदर्शनी सम्बन्धित प्रदान गरिएको थियो ।
करिब ६० जनाको सहभागीतामा आयोजना गरिएको तालिममा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झा र वनविज्ञ बृद्धि प्रसाद उपाध्यायले प्रशिक्षण दिएका छन् ।कार्यक्रमको उद्घघाटनमा डिभिजन वन अधिकृत झाले जिल्लाको सरोकारवालाहरुको सक्रियतामा काम गरिएकाले डिभिजन वन कार्यालय सर्लाही उत्कृष्ट भएको दाबी गरे।उनले वन डढेलो नियन्त्रणका सवालमा धेरै काम गरिएकाले वन डढेलो कम हुँदा वातावरणीय,वन पैदावार र जैविक विविधता संरक्षणमा ठूलो टेवा पुगेको समेत बताए ।वन डढेलो नियन्त्रण गर्न कुनै वन कर्मचारी तथा वन कार्यालयले मात्रै सम्भव नहुने भएकोले सबै नागरिकहरु सचेत हुन जरुरी रहेको गोष्ठी उद्घघाटन कार्यक्रममा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।