करिब डेढ लाखकाे इलेक्ट्रिक चुरोट ‘भेप’ शसस्त्र प्रहरीकाे नियन्त्रणमा

332 Shares

सर्लाहीकाे बलरा नगरपालिका २ छताैनाबाट रु १५ लाख भन्दा बढीको इलेक्ट्रिक चुरोट ‘भेप’ शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बलरा नगरपालिका २ छतौनाबाट सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट(विओपी) छताैनाकाे टाेलीले बिआर ०६ बिक्यु ५४२७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको रु १५ लाख ५० हजार बराबरको भेप सहित माेटरसाईकल नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल चालक फरार भएका छ्न् । प्रहरीले उनको खोजी गरिरहेको छ । कहाँबाट कसरी भित्रियो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएकाे छ ।

सम्बन्धित समाचार