सर्लाहीका स्थानीय तहलाई २३ अर्बभन्दा बढी अनुदान

292 Shares

सर्लाहीका २० वटा पालिकाहरुलाई आर्थिक वर्ष २०८२/०८३ का लागि  केन्द्र सरकारबाट करिब रु २३ अर्ब ४३ करोड बराबरको अनुदान प्राप्त भएको छ।संघीय सरकारको समानीकरण,सशर्त,विशेष र सम्पूरक अनुदान शीर्षकमा यो रकम छुट्याइएको हो।
सर्लाहीका ११  वटा नगरपालिका र नौ वटा गाउँपालिकामध्ये सबैभन्दा बढी अनुदान ईश्वरपुर नगरपालिकाले प्राप्त गरेको छ।सो नगरपालिकाले कुल रु ७२ दशमलव २३ करोड बराबरको अनुदान पाएको छ।यसमा समानीकरण अनुदान अन्तर्गत २९ दशमलव ५४ करोड,सशर्त अनुदानमा ४२ दशमलव ८२ करोड,विशेष अनुदानमा २ दशमलव ७५ करोड र सम्पूरक अनुदानमा २२ दशमलव ९० लाख रहेको छ।
त्यसपछि सबैभन्दा बढी अनुदान पाउनेमा गोडैता नगरपालिका ५८ दशमलव ५० करोड, मलंगवा नगरपालिका ५० दशमलव ६६ करोड र हरिपुर नगरपालिका ४८ दशमलव ८० करोड रहेका छन्।त्यस्तै,गाउँपालिका तर्फ चकघट्टा गाउँपालिकाले सबैभन्दा बढी ३५ दशमलव ६२ करोड प्राप्त गरेको छ।रामनगर,पर्सा,विष्णु र चन्द्रनगर गाउँपालिकाले पनि करिब रु ३० करोडभन्दा बढी रकम प्राप्त गरेका छन्।
सर्लाहीका स्थानीय तहहरुले आर्थिक वर्ष २०८२/०८३ का लागि समानीकरण अनुदान अन्तर्गत ५८ दशमलव ८९ करोड,सशर्त अनुदान अन्तर्गत १३८ दशमलव ५२ करोड,विशेष अनुदान अन्तर्गत १२ दशमलव ०३ करोड र सम्पूरक अनुदान अन्तर्गत ९ दशमलव ३८ करोड अर्थात रु २३ अर्ब ४३ करोड ८५ लाख बराबरको अनुदान पाएका हुन् । स्थानीय तहमा विकास, पूर्वाधार,शिक्षा,स्वास्थ्य,कृषि तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उक्त अनुदान सहयोगी हुने छ।

सम्बन्धित समाचार