पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका १२ कर्मैयाबाट प्रहरीले ठूलो रकमको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका १२ कर्मैया स्थित पुर्व पश्चीम राजमार्गमा वीरगञ्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३६० नम्बरको ट्रकलाई शंका लागि चेकजाँच गर्दा भन्सार छली गरिएका टायर,आपमा छर्ने दवाई,मोबिल,खाने तेल,लेगुलेटर,मोटर पार्टस, छाता, घिउ, किसमिस,ईलेक्ट्रोनिक,कस्मेटिकहरु गरी कुल रु ४२ लाख ४० हजार तीन सय ४७ बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट टायर,आपमा छर्ने दवाई,मोबिल,खाने तेल,लेगुलेटर,मोटर पार्टस, छाता, घिउ, किसमिस,ईलेक्ट्रोनिक,कस्मेटिकहरु लगायतका खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको र बिल बिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिईएको हो ।प्रहरीले भन्सार प्रक्रिया बेपर्वाह बनाइ चोरी निकासी गर्न खोजिएको अनुमान गर्दै ट्रक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको र ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरीक्षक यादवले जानकारी दिए ।