महोत्तरीको गौशाला नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी धानुक निलम्बनमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले धनुषाको हंसपुर नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा अधिकारीले नगरपालिकाको ठूलो रकममा हानी नौक्सामनी पुर्याएका पाइएपछि उनलाई निलम्वन गरिएको आयोगले जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृत अधिकारीले ५२ लाख ७२ हजार एक सय ६८ रुपैँया तीन पैसा हिनामिना तथा हानि नोक्सानी गरेको पाइएपछि उनी निलम्बनमा परेका आयोगले जनाएको छ ।
यता,महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयबाट महत्वपुर्ण कागजातहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ । गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उनै अधिकारी रहेका छन् ।
आइतबार साँझ आयोगको टोलीले गौशाला नगरपालिका पुगेर चालु आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका योजनाहरुको सक्कल कागजातहरु नियन्त्रणमा लिएको थियो।आईतबार साँझ ५ बाजे कार्यालय पुगेको टोलीले ८ बजेसम्म कर्मचारीहरुसँग सोधपुछ गर्दै चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका योजनाहरुका सक्कल कागजात नियन्त्रणमा लिएको थियो। आयोगले गौशाला बहुमुखी क्याम्पसलाई दिएको अनुदान,गौशाला बजार ठेक्का,नगरका विभिन्न वडाहरुमा सञ्चालन भएको तालिम, खेलकुद, सडक निर्माण र उपभोक्ता समितिमार्फत भएको निर्माण कार्यको फाइलहरु नियन्त्रणमा लिएको जनाएको छ ।
गौशाला नगरपालिकामा नगर प्रमुख डा.दिपेन्द्र महतो र उप प्रमुख रेणु कुमारी महत्तो बीचको विवाद चरम उत्कर्षमा पुगेपछि नगर प्रमुख डा.महत्तोले विभिन्न योजनाहरुमा भ्रष्टाचार गरेका, दर्ता चलानीमा बद्मासी गरेका भन्दे नगर उप प्रमुख रेणु कुमारीले दर्ता चलानी पुस्तिका नियन्त्रणमा लिनुका साथै उक्त दर्ता चलानी पुस्तिका नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा बुझाएकी थिईन् । दर्ता चलानी पुस्तिका नियन्त्रणमा लिएपछि उपप्रमुख महतोको कार्यकक्षमा नगर प्रमुख डा. महतोले ताला लगाएका छन्। त्यसपछि जिल्ला प्रशासन कार्यालय जलेश्वर महोत्तरीमा विभिन्न दलहरु सहित प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल समेतको रोहबरमा असार ७ गते छलफल भई तीन वुँदा र पाँच उप बुँदामा लिखित सहमती भएको थियो।तर नगर प्रमुख डा.महत्तो र प्रमुख प्रशासकीय अधिकृत अधिकारीको मिलेमतोमा नगर उप प्रमुख रेणुको कार्यकक्षमा ताला लागि रहेको छ भने उप प्रमुख रेणु विगत लामो समयदेखि नगरपालिकाको आफ्नो कार्यकक्षमा बस्न पाएकी छैनन्। नेकपा(एमाले)का नेता एवम महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोईरीको आडमा गौसाला नगरपालिकाका नगर प्रमुख डा.महतोले आफ्नो दादागिरी चलाई रहेका स्थानीयको भनाई छ ।प्रतिनिधि सभा सदस्य महतो गौसाला नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्रका बुबा हुन