देशभर मै पहिलाे स्मार्ट हुलाक सेवा जिल्ला हुलाक कार्यालय सिन्धुलीद्वारा सुरु

755 Shares

जिल्ला हुलाक कार्यालय सिन्धुलीले देशभर मै पहिलाे पटक स्मार्ट हुलाक सेवा शुरु गरेको छ ।नेपाल सरकारको आ.व. २०८२/०८३ मा"एक स्थानीय तह- एक स्मार्ट हुलाक कार्यालय"को स्थापना गर्ने नीति अनुसार जिल्ला हुलाक कार्यालय सिन्धुलीले देशभर मै पहिलाे पटक कस्टमर केयर युनिटबाट स्मार्ट हुलाक सेवा शुरु गरेकाे जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार कस्टमर केयर युनिटबाट स्मार्ट हुलाक सेवाका लागि "परामर्श तथा सहजीकरण सेवा कक्ष" प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले उद्दघाटन गर्नु भएको हाे।

IMG-20250717-WA0013.jpgनेपाल सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन स्मार्ट हुलाक सेवा शुरु गर्ने याेजना बनाएकाे र साेही अनुसार देशभर मै पहिलाे पटक सिन्धुलीले बिहिवारबाट सेवा सुरु गरेकाे हाे ।जिल्ला हुलाक कार्यालय सहित नाै वटा पालिका हुलाक कार्यालय रहेकाे सिन्धुलीका जिल्ला हुलाक कार्यालय बाहेक तीन पालिका हुलाक कार्यालय र एक हुलाक काउण्टरबाट गरि पाँच स्थानबाट पिट्स सेवा समेत सञ्चालन गरि रहेकाे सुचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिनुभयाे ।

IMG-20250717-WA0011.jpgउहाँका अनुसार दुई वटा नगरपालिका र सात वटा गाउँपालिका सहित नाै वटा स्थानीय तह रहेकाे सिन्धुलीका कमलामाई र दुधौली नगरपालिका सहित मरिण र हरिहरपुरगढि गाउँपालिकामा पिट्स सञ्चालन रहेकाे छ भने सुनकोशी,गोलन्जोर, फिक्कल, तीनपाटन र घ्याङ्लेख गाउपालिका गरि पाँच वटा पालिका हुलाक कार्यालयहरुमा पिट्स सेवा सञ्चालनकाे तयारी भई रहेकाे छ ।

IMG-20250717-WA0015.jpgयसका साथै परामर्श तथा सहजीकरण सेवा अन्तर्गत दैनिक बिहान ११ बजेदेखि १ बजे सम्म २ घण्टा "नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र" सम्बद्ध सेवाहरु प्रवाह गर्ने कार्ययोजना बनाएको छ।

सम्बन्धित समाचार