कमिसनको चंगुलमा डुबेको गोलन्जोर गाउँपालिका विरुद्ध अख्तियारमा उजुरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-१५ गते   ६६९४ पटक हेरिएको

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका अध्यक्ष,उपा अध्यक्ष र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल,उपा अध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार) र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल विरुद्ध छानविन गरी पाउँ भनी एक स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी परेको हो ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष बराल,उपा अध्यक्ष न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत पौडेल मिलेर आर्थिक चलखेल गरि निकासी ठेक्का तीन वर्ष सम्म विना प्रतिष्पर्धा एउटै ठेकेदारलाई दिएपछि एक स्थानीयले अख्तियारमा छानविनको लागि भन्दै उजुरी गरेका हुन ।
गाउँपालिकाबाट निकासी हुने मालबस्तुको ठेक्का लगाउँदा लगातार तीन वर्ष सम्म एउटै व्यक्तिलाई ठेक्का दिएपछि गाउँपालिकाका अध्यक्ष बराल,उपा अध्यक्ष ज्वाला न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत पौडेल मिलेर आर्थिक चलखेल गरि पुरानै दररेटमा तीन वर्ष सम्म विना प्रतिष्पर्धामा समुन्द्र श्रेष्ठलाई ठेक्का दिएका भन्दै छानविनको लागि भन्दै उजुरी एक स्थानीयले उजुरी दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
कार्यालयका अनुसार“सिन्धुली गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को आन्तरीक निकासी ठेक्का गाउँपालिकय अध्यक्ष बराल,उपा अध्यक्ष न्यौपाने र प्रकमुख प्रशासकीय अधिकृत पौडेल मिलेर नियम विपरित बिना प्रतिस्पर्धा एउटै ठेकेदारलाई तीन वर्ष सम्म ठेक्का लगाएका कारण छानविन गरी दोषी माथी कावही गरी पाउँ”भनि उजुरी परेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा रु नौ लाखमा ठेक्का लागेको निकासी करको आर्थिक वर्ष २०८०/०८१ मा २० प्रतिशत बृद्धि गरि ठेक्का लगाउने बताइएको भएपनि गाउँपालिकाका अध्यक्ष बराल,उपाअध्यक्ष न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत पौडेल मिलेर पुरानै दररेटमा आर्थिक चलखेल गरि पुरानै ठेकेदारलाई ठेकका लगाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा सोमबार उजुरी दर्ता भएको हो । विभिन्न विषयमा पटक पटक विवादमा आएको गोलन्जोर गाउँपालिका माथी यस पटक भने अख्तियारमा उजुरी नै परेको हो । नामै सहितको उजुरी परेको भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उजुरी कर्ताको नाम सर्वजनिक गरेको छैन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech