Close This

मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्नु : गृहमन्त्रालय

पत्र पत्रिका    प्रकाशित: २०७७-४-१२ गते   २९९ पटक हेरिएको

कोरोना भाइरसाके संक्रमण समुदायस्तर सम्म फैलिएको आशंका भइरहेका बेला सरकारले घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले कोरोना सङ्क्रमण फैलिन नदिन मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पुनस् निर्देशन दिएको हो ।लकडाउन खुलेसँगै जोखिम बढ्न सक्नेतर्फ सचेत रहेर नागरिकलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गरिएको र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

लकडाउन खुलेपछि बजारमा भिडभाड र चहलपहल बढ्न थालेको छ । भिडभाडमा मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । यसअघि सरकारले गएको असार २२ गते मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech