लालबन्दी २ को एक विद्यालयलाई सेनाले बाँड्यो शैक्षिक सामाग्री

1k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको पाँच कुमारी आधारभुत विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लालबन्दी नगरपालिका २ मा रहेको पाँच कुमारी आधारभुत विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई भैरवीदल गण पाँच कुमारी व्यारेकले शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।
मध्य पुर्वी पृतना हे.का बर्दिवासको “एक युनिट एक स्कुल सर्पाेट”कार्यक्रम अवधारणा अन्र्तगत विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको भैरवीदल गण पाँच कुमारी व्यारेक सर्लाहीका प्रमुख सेनानी अभिषेक कार्कीले जानकारी दिए । 
उनका अनुसार मध्य पुर्वि पृतना हे.का बर्दिवासको “एक युनिट एक स्कुल सर्पाेट” कार्यक्रमको अवधारणा अनुसार विपन्न वर्गका विद्यार्थीहरु अध्यायन गर्ने विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
गरिव विपन्न विद्यार्थीहरु अध्यायन गर्ने विद्यालयहरुका विद्यार्थीहरुलाई  शैक्षिक सामग्री, स्टेशनरी,खेलकुदका सामग्री,स्वास्थ्य चेकजाँच,विद्यालयको सरसफाइ,विद्यालय प्राङ्गणमा वृक्षारोपण,हप्तामा एक पटक शारीरिक व्यायाम र खाद्यान्न तथा सरसफाइ कार्यक्रम गर्ने भन्दै मध्य पुर्वि पृतना हे.का बर्दिवासको “एक युनिट एक स्कुल सर्पाेट” कार्यक्रमको अवधारणा ल्याएको र सोही अनुसार कार्यक्रम सुरु गरिएको भैरवीदल गण पाँच कुमारी व्यारेकले जनाएको छ ।

सम्बन्धित समाचार