Close This

प्रजिअ जिसीको सबै स्थानबाट विदाई हुँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-१३ गते   ३३३ पटक हेरिएको

सर्लाहीबाट सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई हरिवन नगरपालिकाले मंगलवार बिदाई गरेको छ ।नगरपालिका कार्यालयको प्रांगणमा खादा पहि¥याएर प्रजिअ जिसीको बिदाई गरिएको हो । कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले अत्यन्त नरम, मिजाशीला, क्षमतावान, इमान्दार र कर्तव्यपारायण प्रजिअ जिसीको प्रशंसा गर्नु भयो ।
समग्र जिल्लाको शान्ति सुरक्षा, अमनचयन र कोभिड–१९ को प्रकोप रोकथाम तथा नियन्त्रणमा जिसीले चालेका कदम उदाहरणीय रहेका नगर प्रमुख प्रसाईले बताउनु भयो । उप प्रमुख रेणुका पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरका अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अन्य सरोकारवाला र कर्मचारी लगायतको उपस्थिति थियो ।
सबै स्थानबाट बिदाई हुँदै प्रजिअ जिसीले कार्यकालभरी सहयोग गर्ने सम्पूर्ण जिल्लावासीप्रति धन्यवाद ज्ञापन गर्नु भयो । एक वर्ष सर्लाही जिल्लाको कार्यभार सम्हाल्नु भएका प्रजिअ जिसीको गृह मन्त्रालयमा सरुवा भएको छ । मन्त्रालयले अहिले गोरखामा कार्यरत रहनु भएका प्रजिअ सुरेन्द्र पौडेललाई सर्लाही जिल्लाको जिम्मेवारी दिएर खटाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech