सर्लाही भन्सार कार्यालय मलंगवाले आर्थिक वर्ष २०८१/०८२ मा रु ५३ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।२०८१ को साउन १ गते देखि २०८२ को असार मसान्त सम्ममा भन्सार कार्यालय सर्लाहीले रु ५३ करोड ७३ लाख १३ हजार राजश्व संकलन गरेको कार्यालय प्रमुख ठाकुर प्रसाद आचार्यले जानकारी दिए ।उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा रु ५८ करोड ७६ लाख ५७ हजार लक्ष्य योजना रहेकोमा रु ५३ करोड ७३ लाख १३ हजार राजश्व संकलन वा लक्ष्यको ९१ दशमलव ४३ प्रतिशत राजश्व संकलन भएको हो ।
आर्थिक वर्ष २०८१/०८२ को साउनमा रु चार करोड ९४ लाख ४३ हजार,भदौमा रु दुई करोड १३ लाख ७५ हजार,असोजमा दुई करोड ८० लाख ५५ हजार,कार्तिकमा रु रु चार करोड १८ लाख १७ हजार,मंसिरमा रु छ करोड ८० लाख ११ हजार,पुसमा रु छ करोड ७९ लाख ६२ हजार,माघमा रु पाँच करोड ९३ लाख ७७ हजार,फागुनमा रु चार करोड ६१ लाख ६४ हजार,चैत्रमा रु तीन करोड ६५ लाख ८४ हजार राजश्व संकलन भएको सर्लाही भन्सार कार्यालय मलंगवाका भन्सार अधिकृत एवम सूचना अधिकारी डम्बर बहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैशाखमा रु तीन करोड ५० लाख ७७ हजार,जेठमा रु चार करोड ३० लाख ६० हजार र असारमा रु चार करोड ३८ लाख आठ हजार गरी कुल रु ५३ करोड ७३ लाख १३ हजार राजश्व संकलन भएको हो ।भारतबाट धानु,आलु,प्याज,सोया,कोइला,भेनियर सिट र फर्मल डिहाइड आयात हुने र नेपालबाट खानेतेल,भेनियर सिट र प्लाईउड निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।यसका साथै विभिन्न नाकाहरुबाट भन्सार छली चोरी पैठारी गरि नेपाल भित्रदै गरेको किरानाका साथै अन्य विभिन्न किसिमका सामाग्रीहरु र कपडाहरु सुरक्षाकर्मीहरु तथा भन्सारको टोलीले समय समयमा नियन्त्रणमा लिएर भन्सार बुझाईएका बस्तुहरुबाट समेत राजश्व संकलन हुने गरेको छ ।
कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा सर्लाही भन्सारबाट आयात भएको धान रु १९ करोड ८६ लाख ४६ हजार,आलु रु सात करोड ६२ लाख ७६ हजार,प्याज रु सात करोड ५३ लाख ३२ हजार,सोया रु एक करोड २० लाख ७८ हजार,कोइला रु दुई करोड ६९ लाख ८७ हजार,भेनियर सिट रु एक करोड ४७ लाख ७० हजार,फर्मल डिहाइड रु एक करोड ३० लाख २९ हजार र अन्य रु ११ करोड ८५ लाख ६१ हजार गरी कुल रु ५३ करोड ५६ लाख ७९ हजार राजस्व संकलन भएको छ ।
यसैगरी, सर्लाही भन्सारबाट निर्यात भएको खानेतेल,भेनियर सिट र प्लाईउड गरी रु एक करोड ४५ लाख पाँच हजार बराबरको वस्तु निर्यात भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा सर्लाही भन्सारबाट रु दुई करोड ६१ लाख १८ हजार बराबरका विभिन्न माल वस्तुहरुको लिलामी गरिँदा एक हजार एक सय २२ वटा मुद्धा दर्ता भएका छन् । नेपाल प्रहरीको तर्फबाट चार सय ४७,सशस्त्र प्रहरी बल नेपालको तर्फबाट छ सय एक र भन्सार कार्यालय आफैँले ७४ वटा गरी कुल एक हजार एक सय २२ वटा मुद्धा दर्ता भएका कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।