आदिवासी जनजाति महासंघ सर्लाहीमा माझी सर्वसहमत

295 Shares

आदिवासी जनजाति महासंघ सर्लाहीमाको जिल्ला कार्य समितिको अध्यक्षमा मानवीर माझी चयन भएका छन्।सर्र्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीस्थित आदिवासी जनजाति महासंघको भवनमा आयोजित छैठौं जिल्ला अधिवेशनले माझीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ ।
महासंघको नयाँ जिल्ला कार्य समितिको उपाध्यक्षमा दीपक भुजेल,सचिवमा कौशिल्या लुंगेली, सह–सचिवमा सत्य बोट,कोषाध्यक्षमा ज्ञानु गुरुङ र सदस्यमा कमल चौधरी चयन भएका छन् ।महासंघमा आवद्ध विभिन्न १६ वटा जातिय संघ/संगठनबाट पछि एक/एक जना सदस्य गरी १६ जना सदस्य मनोनित हुने छन् । आदिवासी जनजाति महासंघको साधारण सभासहित शनिबार नै ३१ औँ विश्व आदिवासी जनजाति दिवस समेत मनाइएको महासंघका निवर्तमान जिल्ला अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए ।
गुरुङको अध्यक्षता तथा मधेश प्रदेश सभाकी सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुरेन्द्र लामा,नारायण खपाङ्गी,लेखराम जर्गा,हीराकाजी योन्जन,इन्द्र योन्जन,छत्र डुमजन र तेजनारायण आले लगायतको आतिथ्यता रहेको र इन्द्र लामाले जानकारी दिए ।

सम्बन्धित समाचार