मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाका प्रहरी प्रमुख एवम प्रहरी नायब महानिरीक्षक (डिआइजी)ओम प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन् ।केही दिन पहिला मात्रै मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाल्न आएका डिआइजी अधिकारीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार डिआइजी अधिकारीले सर्लाहीको पश्चिमी क्षेत्रका इलाका प्रहरी कार्यालय बरहथवा सहित अन्य केही प्रहरी युनिटहरुको पनि निरीक्षण गरेका छन् ।
सर्लाहीको शान्ति सुरक्षाको अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रवीन्द्र नाथ पौडेलले बिफ्रिङ गरेका थिए।कार्यक्रममा जिल्लाभरका प्रहरी युनिटका प्रमुखहरुको सहभागिता रहेको थियो ।डिआइजी अधिकारीले नागरिक सर्वोच्चता, सुशासन लगायत समसामायिक विषयमा निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक पौडेलले बताए ।