सर्लाहीको शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाबाट व्यापारीहरुसंग कमसिन लिएको भन्दै अज्ञात भिडियो सार्वजनिक भएपछि सर्लाहीका शसस्त्र प्रहरी कर्मचारीहरु त्रसित भएका छन् ।बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाका प्रमुख एवम सई लेखराज विष्ट र हवल्दार सुमन चौधरीले व्यापारीहरुसंग रु २२ हजार कमिसन लिएका भन्दै अस्पष्ट भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले छानविन सुरु गरेपछि सर्लाहीका विभिन्न स्थानमा रहेका युनिटहरुमा खटिएका शसस्त्र प्रहरी कर्मचारीहरु त्रसित भएका हुन ।

विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको भिडियोमा बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाका प्रमुख एवम सई विष्ट र हवल्दार चौधरी हुन की होईनन् भन्ने एकिन गर्ने आधार नभएपनि सामाजिक सञ्जालले बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाका प्रमुख एवम सई विष्ट र हवल्दार चौधरीले कमिसन लिएका भनि सार्वजनिक गरेपछि उनीहरुमाथि छानविन सुरु गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक देव बहादुर चन्दले जानकारी दिए ।उनका अनुसार उक्त भिडियोमा हात,पैसा र शसस्त्र प्रहरी बलको बर्दि मात्रै देखिएकाले बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाको भिडियो हो होईन भन्ने एकिन गर्न नसकिएको हो ।
उक्त भिडियो भदौ ८ गते राति खिचिएको र शसस्त्र प्रहरी कर्मचारीहरुले व्यापारीहरुसँग रु २२ हजार लिइरहेको दृश्य देखिएपनि बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाको हो होईन भन्ने एकिन गर्न सक्ने आधार नरहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाका प्रमुख एवम सई विष्ट र हवल्दार चौधरीलाई भिडियो सार्वजनिक भएलगत्तै गणमा बोलाएर आवश्यक अनुसन्धान सुरु भएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार अनुसन्धानको क्रममा बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाका प्रमुख एवम सई विष्ट र हवल्दार चौधरीले कमिसन लिएको पुष्टि भएमा कडा कारबाही गरिने छ ।सई विष्ट केही समय पहिला मात्रै बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाको प्रमुखको रुपमा आएका हुन ।