दुर्घटना न्युनिकरणका लागि सवारी चेकजाँचमा कडाइ

502 Shares

सडक दुर्घटनामा दिनानुदिन वृद्धि भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले सवारी साधन चेकजाँचलाई थप कडाइ गरेको छ।पछिल्लो समय चालकको लापरबाही,मदिरा सेवन गरी गाडी चलाउने,ओभरलोड तथा तिब्रगतिकाका कारण सवारी दुर्घटनामा वृद्धि भएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच सुरु गरेको हो ।
पुर्व पश्चीम राजमार्ग हुँदै दैनिक हजारौँ सवारी साधन आवत जावत गर्ने भएकाले दुर्घटना न्युनिकरणका लागि बिहान–साँझ अनिवार्य रूपमा सवारी साधन चेकजाँच गर्नै गरिएकोमा आवश्यकता अनुसार दिउँसो समयमा पनि सवारी सधान चेकजाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीका प्रमुख एवम प्रहरी निरीक्षक लक्ष्मी राज जोशीले जानकारी दिए । उनका अनुसार दिउँसोको समयमा हुने सवारी चेकजाँचमा विशेषगरी चालकको सवारी चालक अनुमती पत्र,सवारी दर्ता किताब,सडक ईजाजत पत्र,मदिरा परीक्षण र सवारीको प्राविधिक पक्षमा ध्यान दिइएको छ ।

28-08-2025-68b074c821fc5-t.jpg
“सडक दुर्घटना नियन्त्रण हाम्रो प्राथमिकता हो,त्यसैले ट्राफिक नियम पालना नगर्ने,ट्राफिक नियम विपरीत सवारी चलाउने र नियम मिच्नेहरूमाथि तत्काल कारबाही गर्न विशेष चेकजाँच सुरु गरिएको”जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीका बरिष्ठ सई नवराज खड्काले बताए ।
ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेसँगै सवारी दुर्घटना न्यूनिकरण हुने स्थानीय जानकारहरु बताउँछन् ।ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेसँगै तिब्रगति,कागजात विना सञ्चालन हुने सवारी साधनहरुका साथै भार वाहन क्षमता भन्दा बढी भार वाहन गर्ने सवारी साधनहरु धमाधम कार्बाहीमा पर्न थालेका छन् ।
ट्राफिक प्रहरीले आगामी दिनमा सडक दुर्घटनालाई शून्यमा झार्ने लक्ष्यसहित जनचेतनामूलक कार्यक्रम,विद्यालयस्तरमा सडक सुरक्षा सचेतना र सार्वजनिक यातायात व्यवसायीहरुसँगको समन्वयलाई पनि प्राथमिकता दिई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले  जनाएको छ ।

सम्बन्धित समाचार