Close This

नेकपा सर्लाहीका अध्यक्ष पन्तलाई कोरोना पोजेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२१ गते   ४१६ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । हल्का ज्वरो आएपछि ललितपुरकाको सानेपा स्थित स्टार हस्पिटलमा पीसीआर परीक्षण गराउँदा अध्यक्ष पन्तलाई कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

बुधबार बिहान आएको रिपोर्टमा कोरोना भाईरस पोजेटिभ देखिएको अध्यक्ष पन्तले जानकारी दिनुभयो । अध्यक्ष पन्तले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना भाईरस पोजेटिभ भएको र सम्बन्धित सबैले सचेत हुँदै कन्ट्याक्ट ट्रेसिङका आधारमा स्थानीय निकायहरुसँगको समन्वयमा पीसीआर टेष्ट गराउन समेत आग्रह गर्नु भएको छ ।


हाल उहाँ सोल्टी होटलको आईसोलेसनमा बस्नु भएको छ । आफु पार्टीको कार्यक्रमको क्रममा जिल्लाका धेरै नेता तथा कार्यकर्ताहरुसंग भेट भएको हुँदा सबैजनालाई पिसिआर टेष्टगर्न उहाँले आग्रह गर्नु भएको छ । निकै धेरैजनासँग भेटघाट एवं नजिकबाट सम्पर्क भएकाले सबैलाई पीसीआर टेष्टगर्न अध्यक्ष पन्तले आग्रह गर्नु भएको साथै नडराउन पनि विज्ञाप्ती मार्फत उहाँले आग्ह गर्नु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech