अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार(आज)बिहान करिब ११ः३० बजे हुने भएको छ ।प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय,ओम प्रकाश अर्याललाई गृह सहित कानुन मन्त्रालय र रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।
भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको देशभरि प्रदर्शनका कारण हिंसा भड्कीएपछि नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।उनले विस्तार गरेको अन्तरिम सरकारका तीन मन्त्रीको सोमबार(आज)बिहान करिब ११ः३० बजे सपथ ग्रहण हुने राष्ट्रपति कार्यालये जनाएको छ ।