Close This

सिन्धुलीका ५० जनाको पि सिआर नेगेटिभ, ७ जनाको रिर्पोट आउन बाँकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-८ गते   ४२६ पटक हेरिएको

 सिन्धुलीबाट गत मंगलवार र बुधवार पठाईएको ५७ जना मध्ये ५० जनाको पि सिआर परिक्षण रिर्पोट नेगेटिभ अर्थात कोरोना भाईरस नभएको पाईएको छ ।

सिन्धुली अस्पतालमा गरिएको आरडिटी परिक्षणमा पोजेटिभ देखिएका २७ जना र उनीहरुको सम्पर्कमा आएका अन्य गरी ५७ जनाको पिसिआर परिक्षणका लागि कीट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा पठाइएको थियो । जस मध्ये ४७ जनाको पिसिआर रिर्पोट बुधवार साँझ नेगेटिभ आएको थियो । बाँकी ३ जनाको पि सिआर रिर्पोट बिहीवार आएको हो ।
बिहीवार आएको ३ जनाको पिसिआर रिर्पोट पनि नेगेटिभ आएको सिन्धुली अस्पतालका कोरोना भाईरस फोकल पर्सन डा.प्रसन्नराज भण्डारीले जानकारी दिनुभयो । बुधवार पठाईएको ७ जनाको भने अझै पिसिआर रिर्पोट आउन बाँकी रहेको छ । बाँकी ७ जनाको पिसिआर रिर्पोट बिहीवार साँझ सम्ममा आउने डा.भउडारीले कमलामाई खबरलाई जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech