सिन्धुलीको क्षेत्र नम्बर २ मा नेकपा(एमाले)का नेता कार्यकर्ता विच कुटाकुट भएको रहस्य बाहिरिएको छ।आगामी फागुन २१ गते हुने प्रतिनिध सभा सदस्यका लागि नेकपा(एमाले)को तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार मनोज जंंग थापा र इतर समुह विच सुनकोसी गाउँपालिका ५ रामटारमा कुटाकुट भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सुनकोशी गाँउपालीकामा चुनाव प्रचार तथा जन परिचालन गर्न उम्मेदवार थापाले पठाएको रकम वितरण गर्न भनि बसेको वैठकमा सुनकोसी गाउँपालिका ४ का नेकपा(एमाले)का युवा नेता ध्रुव लामाले एमालेको सुनकोसीका पुर्व अध्यक्ष अशोक गिरी माथि कुटपिट गरि घाईते बनाइ उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे पुगेपछि एमालेमा पैसा बाँड्ने विषयमा कुटाकुट भएको रहस्य सार्वजनिक भएको हो ।
स्रोतका अनुसार लामाले गिरीलाई बैठक कक्षको सटर झारेर थुनछेक गरी कुटपिट गरेका हुन ।गिरी तत्कालीन नेकपा(माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरी सुनकोसी गाउँपालिकाका अध्यक्षका लागि चुनाव लडेका थिए ।
चुनाव प्रचार तथा जन परिचालन गर्न भनि उम्मेदवारले रकम पठाएको दाबी गरेपनि सोही रकम बाँड्ने विषयमा विवाद भई आफ्नै नेताहरु विच कुटाकुट हुनुले उक्त रकम अन्य प्रयोजनाका लागि पठाईएको र भागवण्डमा कुरा नमिलेपछि कुटाकुट भएको हुन सक्ने आशंका गरिएको छ ।यो समाचार तयार पार्दा सम्म लामाको कुटाईबाट घाईते भएका गिरीको आत्मी सामुदायिक अस्पताल खाल्टेमा उपचार भई रहेको छ ।सो सम्बन्धमा उम्मेदवार थापासंग बुझ्न खोज्दा उनलाई सम्पर्क हुन सकेन् ।