सार्वजनिक खरिद नियमावली पालना गर्दैनन् स्थानीय तहहरु,अनियमितता,मनपरी र भ्रष्टाचार बढ्दो

318 Shares

नेपालका स्थानीय तहहरु संघीय शासन प्रणालीको आधारस्तम्भका रूपमा स्थापित भए पनि सार्वजनिक वित्त व्यवस्थापनमा उनीहरूको जिम्मेवारी र पारदर्शिता अझै कमजोर देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन,२०७४ र सार्वजनिक खरिद ऐन,२०६३ को उद्देश्य नै खर्चमा पारदर्शिता,प्रतिस्पर्धा र उत्तरदायित्व सुनिश्चित गर्नु हो।तर व्यवहारमा,अधिकांश स्थानीय तहहरूले ती कानूनी व्यवस्थालाई तोडमोड गर्दै मनपरी ढंगले खर्च गर्ने प्रवृत्ति बढाउँदै लगेका छन्।
कानूनी आधार स् किन बनाइयो सार्वजनिक खरिद ऐन ?
सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ लाई सरकारले सार्वजनिक स्रोतको पारदर्शी प्रयोग सुनिश्चित गर्न बनाएको थियो।राज्यका कुनै पनि निकायले योजना, भवन निर्माण, सडक,खानेपानी,कार्यालय उपकरण खरिद वा सेवा करार गर्दा निष्पक्ष प्रतिस्पर्धा र आर्थिक अनुशासन पालना गर्नुपर्ने कानुनी व्यवस्था छ।तर संघीयता कार्यान्वयन भएसँगै स्थानीय तहलाई योजना निर्माणदेखि बजेट कार्यान्वयनसम्मको अधिकार दिइए पनि,धेरै ठाउँमा प्रशासनिक दक्षता र कानूनी बोधको अभावले सार्वजनिक खरिद प्रक्रियामा “स्वेच्छाचारिता” मौलाएको छ। 
देखिएका प्रमुख समस्या
१ प्रतिस्पर्धाविहीन ठेक्का प्रक्रिया
अनेक स्थानीय तहमा बोलपत्र ९ठेक्का०को सूचना समयमै प्रकाशन हुँदैन।कतिपयमा बोलपत्र आमन्त्रणको सूचना मात्र औपचारिकता पूरा गर्न प्रकाशन गरिन्छ,जबकि ठेक्का कसले पाउने भन्ने निर्णय पहिले नै मिलिसकेको हुन्छ।यसरी“पूर्वनिर्धारित ठेक्का”को चलनले प्रतिस्पर्धाको भावना मारेको छ।सार्वजनिक खरिद नियमावलीले कम्तीमा १५ दिनसम्म बोलपत्र खुला राख्नुपर्ने भनिए पनि कतिपय पालिकाले तीन–चार दिनमै ठेक्का सम्झौता गर्छन्।
२ ठेकेदार र जनप्रतिनिधिबीचको साँठगाँठ
धेरै स्थानीय तहमा जनप्रतिनिधि र ठेकेदारबीच प्रत्यक्ष आर्थिक हितको सम्बन्ध हुने अनुसन्धानले देखाउँछ।कतिपय जनप्रतिनिधिहरुका आफन्त वा नजिकका व्यक्तिहरु ठेक्का प्रक्रियामा सामेल हुन्छन्।यसले निष्पक्ष प्रतिस्पर्धा र गुणस्तरीय निर्माण दुवैमा प्रश्न उठाउँछ।
३ प्राविधिक मूल्यांकनको अभाव
कुनै पनि योजना स्वीकृत गर्न प्राविधिक अध्ययन अनिवार्य भए पनि,अधिकांश स्थानीय तहमा इन्जिनियरको सल्लाह बिना,स्रोत सुनिचित विनै योजनाको अनुमान तयार गरिन्छ।त्यसपछि ठेक्का दिइने,बिल भुक्तानी हुने तर योजना गुणस्तरहीन बन्ने क्रम चलिरहेको छ।
४ बिल भुक्तानीमा दुरुपयोग
योजनाको काम सम्पन्न नभई“मिलापत्रक”बनाएर भुक्तानी दिने प्रवृत्ति पनि बढेको छ।कतिपय योजनामा आधा मात्र काम भएर पनि ९० प्रतिशत भुक्तानी गरिन्छ।यस्तो काममा लेखा परीक्षण ९अडिट०ले असार महिनामा हतार–हतार खर्च गरिएका रकमलाई मुख्य कमजोरीका रूपमा देखाएको छ।
लेखा परीक्षणका तथ्यले देखाउँछ गम्भीर अनियमितता
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनहरूमा पनि स्थानीय तहमा सार्वजनिक खरिद नियम उल्लङ्घन प्रमुख विषयको रूपमा उल्लेख गरिएको छ। प्रतिवेदन २०८१ अनुसार,देशभरका स्थानीय तहहरूले ६५ अर्बभन्दा बढी रकम कानूनी प्रक्रिया पूरा नगरी खर्च गरेका थिए।
करिब ४० प्रतिशत योजनामा टेन्डर प्रक्रिया अपूर्ण,३० प्रतिशतमा प्राविधिक स्वीकृति बिना ठेक्का सम्झौता र २५ प्रतिशतमा करार सम्झौता भए पनि कार्य सम्पन्न नगरी भुक्तानी गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यी तथ्यहरूले नयमावली केवल कागजमै सीमित छ,कार्यान्वयनमा जवाफदेहिताको पूर्ण अभाव छ  भन्ने प्रष्ट देखाउँछन् ।
असार अन्त्यको खर्च दबाब
नेपालको बजेट प्रणालीमा सबैभन्दा बढी अनियमितता असार महिनामा देखिन्छ।स्थानीय तहमा पनि यो रोग संघीय निकायझैँ गहिरो बनेको छ।वर्षभर योजनाको प्रगति सुस्त रहन्छ,तर असारको अन्तिम दुई हप्तामा “खर्च देखाउन”नाममा योजनाहरू कागजमै सम्पन्न पारिन्छ।यो प्रवृत्तिले कामको गुणस्तर घटाएको मात्रै छैन्,जनता लाभान्वित हुने योजनाहरू पनि दीर्घकालीन रूपमा क्षतिग्रस्त बनाएको छ।
स्थानीय जनप्रतिनिधिको सोच र व्यवहार
जनप्रतिनिधिहरूको सोचमा पनि समस्या छ। धेरैजसो पालिकामा जनप्रतिनिधिहरूले बजेटलाई आफ्नो राजनीतिक प्रभाव र समर्थन प्राप्त गर्ने साधनका रूपमा हेर्छन्।जसले गर्दा योजना छनोट र ठेक्का वितरणमा राजनीतिक स्वार्थ हावी हुन्छ।“हामीले योजना छिटो सम्पन्न गर्न जनहितमा लचिलोपन अपनाएका हौं।” कतिपय गाउँपालिकाका अध्यक्ष तथा नगर प्रमुखहरुले बताएका छन् ।तर यो लचिलोपन प्रायःनियम तोड्ने बहाना बन्न गएको छ।
स्थानीय कर्मचारीहरूको भूमिका
प्रशासनिक तहमा कार्यरत लेखा अधिकृत, इन्जिनियर र योजना शाखाका कर्मचारी पनि यी अनियमिततामा संलग्न हुने गरेको पाइन्छ।कतिपय इन्जिनियरले ठेकेदारसँग मिलेर बिल पास गर्छन्।अर्कोतर्फ,कर्मचारीहरूको स्थानान्तरण अस्थिर हुँदा उनीहरूले जिम्मेवारीको दीर्घकालीन सोच बनाउँदैनन्।
नागरिक निगरानी कमजोर 
सार्वजनिक खरिद प्रक्रियामा नागरिक समाज वा मिडियाको निगरानी न्यून छ।अधिकांश गाउँपालिकामा सूचना अधिकारका प्रावधान कार्यान्वयनमा छैनन्।खरिदसम्बन्धी कागजात सार्वजनिक गर्न आनाकानी गर्ने,प्रश्न गर्ने पत्रकार वा नागरिकलाई“विरोधी”ठहर गर्ने प्रवृत्ति बढ्दो छ।यसले पारदर्शिता कमजोर बनाएको छ र भ्रष्टाचारलाई संस्थागत गर्ने खतरा बढाएको छ। 
सूचना प्रविधिको प्रयोग नगर्ने प्रवृत्ति
सार्वजनिक खरिद ऐनले ई जिपीएस प्रणाली ९इलेक्ट्रोनिक खरिद०अनिवार्य गरेको छ।तर अधिकांश स्थानीय तहमा अझै कागजी प्रक्रियामै ठेक्का चलिरहेको छ। ई जिपीएस प्रणाली सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति र पूर्वाधार नहुँदा,ठेक्का प्रक्रियामा पारदर्शिता घटेको छ।
परिणाम : जनताको पैसा,जनताको लाभ विपरित खर्च
सार्वजनिक खरिदमा हुने अनियमितताले प्रत्यक्ष जनजीवनमा असर पारिरहेको छ।गुणस्तरहीन सडक,आधा बनेका भवन,प्रयोगमा नआउने खानेपानी योजना र पुनःमर्मत गर्नुपर्ने पुलहरू त्यहीँको उदाहरण हुन्।जनताको करबाट संकलित बजेट यस्तो रूपमा दुरुपयोग हुँदा, राज्यप्रतिको भरोसा कमजोर हुँदै गएको छ।
सुधारका उपाय
१ अनलाइन खरिद प्रणाली अनिवार्य
सर्वप्रथम सबै स्थानीय तहमा ई जिपीएस प्रणाली बाध्यतामूलक लागू गर्नुपर्छ। यसले कागजी हेरफेर र ठेकेदारसँगको मिलेमतो घटाउँछ।
२ निगरानी संयन्त्र सुदृढ
प्रदेश लेखा निकाय,महालेखा परीक्षक र संघीय मामिला मन्त्रालयले संयुक्त निगरानी टोली गठन गर्नुपर्छ।हरेक ठेक्का प्रक्रियाको अनुगमन गर्न सके अनियमितता घट्न सक्छ।
३ जनसहभागिता र सूचना खुलापन
सार्वजनिक खरिद सम्बन्धी सम्पूर्ण विवरण ठेक्का सूचना,ठेक्का सम्झौता,बिल भुक्तानी,स्थानीय तहको वेबसाइटमा नियमित प्रकाशन गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्छ।
४ क्षमता विकास
स्थानीय तहका इन्जिनियर, लेखा अधिकृत र योजना शाखाका कर्मचारीलाई सार्वजनिक खरिद ऐन,नियमावली र ई जिपीएस प्रणाली सम्बन्धी नियमित तालिम दिनुपर्छ।
५ राजनीतिक उत्तरदायित्व
जनप्रतिनिधिहरूले आफूलाई जनताको सेवकका रूपमा व्यवहार गर्नुपर्छ।ठेक्का र योजना वितरणमा निष्पक्षता नअपनाउने जनप्रतिनिधिलाई दलहरूले पनि अनुशासनात्मक कारवाही गर्नुपर्ने समय आएको छ।
अतःनेपालमा संघीयता कार्यान्वयनको ७ वर्ष बितिसक्दा पनि स्थानीय तहले सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्न सकेका छैनन्।कानुन छ,नियमावली छ,तर कार्यान्वयनको इच्छाशक्ति छैन। 
सार्वजनिक खरिद प्रक्रियाको मनपरी प्रयोगले न केवल राज्यको सम्पत्ति नोक्सान पु¥याएको छ, बरु जनताको विश्वासमा पनि आघात पु¥याएको छ।यदि अब पनि सुधार गरिएन भने, स्थानीय स्वायत्तताको नाममा भइरहेका अनियमितताले संघीयताको नै विश्वसनीयता खतरामा पार्नेछ।
ठेकेदार र जनप्रतिनिधिको स्वार्थ पूर्तिका लागि होइन।त्यसका लागि सार्वजनिक खरिद नियमावलीको कडाइका साथ पालना र प्रभावकारी निगरानी नै समयको आवश्यकता हो। 

सम्बन्धित समाचार