सिन्धुलीको तीनपाटन गाउँपालिका ११ चकमकेमा फुटबल फिल्डको स्तरोउन्नती गर्ने विषयमा तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले कार्यपालिका सदस्य सहित स्थानीयलाई सार्वजनिक स्थलमा गालि गलौज र दुव्र्यवहार गरेका पाइएको छ ।तीनपाटन गाउँपालिका ११ स्थित चकमके बजारमा रहेको फुटबल फिल्डको स्तरोउन्नती गर्न भन्दै हरी विकास तथा भवन निर्माण कार्यालय सिन्धुलीले केही समय पहिला नै डिपिआर गरेको थियो ।जेन जी आन्दोलन र देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण काम अघि बढ्न नसकेको उक्त फुटबल फिल्डको विषयमा गाउँपालिका तथा स्थानीय स्तरमा कुनै छलफल नै नगरी गाउँपालिका अध्यक्ष थापाले आफुखसी गर्न थालेपछि उक्त कार्य रोकी छलफल गरेर फुटबल फिल्डको स्तरोउन्नती गर्न आग्रह गर्दा कार्यपालिका सदस्य कमल दर्नाल र स्थानीय निल बहादुर भुजेल सहितलाई तीनपाटन गाउँपालिकाका अध्यक्ष थापा मगरले सार्वजनिक स्थलमै दुव्र्यवहार गरेका भिडियो प्राप्त भएको छ ।
तीनपाटन गाउँपालिका ११ चकमकेमा विगत लामो समयदेखि रहेको फुटबल फिल्डको स्तरोउन्नतीको काम भई रहेको र स्थलगत नापजाँच गर्दा समेत अतिक्रमण गरिएको स्थान भन्दा बाहिर रहेको कार्यापालिका सदस्य दर्नाल,स्थानीय भुजेल र अर्का स्थानीयले लामो समयदेखि भोग चलन गरी रहेको जमिन गाउँपालिका अध्यक्ष थापा मगरले आफु खुसी जेसीवि लगाएर खाली गर्न थालेपछि उत्त कार्य रोकी स्थानीयसंग छलफल गरी काम गर्न आग्रह गर्दा उनीहरु माथि गाउँपालिका अध्यक्ष थापा मगरले अपशब्द बोल्दै गाली गलौज गरेका उक्त भिडियोमा स्पष्ट सुनिएको छ ।
स्थानीयले २० औँ वर्षदेखि भोग चलन गरी रहेको जमिन र उक्त जमिनमा लगाईएको अन्न(धान)बालीमा क्षेती गर्न थालेपछि सोही विषयलाई रोकी छलफल गरेर काम गर्न स्थानीय एवम कार्यपालिका सदस्य दर्नाल सहितका स्थानीयले आग्रह गर्दा उनीहरु माथि नै गाउँपालिका अध्यक्ष थापा मगर दुव्र्यवहार गर्न उत्रिएका भिडियोमा सुनिन्छ ।
स्थानीयका अनुसार गाउँपालिका अध्यक्ष थापा मगरका नजिकका दुई जनालाई उक्त फुटबल फिल्डको दक्षिण तर्फ घर बनाई बस्न दिएर फिल्डको घटेको भु भाग परिपूर्ती गर्न उत्तर तर्फ स्थानीयको जग्गा अतिक्रमण गर्न थालिएको स्थानीयले बताएका छन्।स्थानीयका अनुसार फिल्डको दक्षिण तर्फ सेती शुन्दरी युवा क्लबले सार्वजनिक शौचालय र शिव मन्दीर निर्माण गरेको छ । क्लबले आफ्नो संरचना निर्माण गर्नु नजायज नभएपनि दुई जनालाई उक्त फुटबल फिल्डको दक्षिण तर्फ घर बनाई बस्न दिएर फिल्डको घटेको जमिन उत्तर तर्फबाट नियन्त्रणमा लिन खोजेपछि कार्यपालिका सदस्य दर्नाल सहितका स्थानीयले काम सुरु गर्नु पहिला बसेर छलफल गरि समस्या समाधान गर्न आग्रह गर्दा गाउँपालिका अध्यक्ष थापा मगरले कुटेर भएपनि उत्तर तर्फ नै फिल्ड बनाउने बताएका स्थानीयको आरोप छ ।स्थानीयहरुका साथै क्लबका पदाधिकारीहरुसंग छलफल नभएको,कार्यापालिकामा समेत छलफल नभई गाउँपालिका अध्यक्ष थापा मगरले आफुखुसी गर्न खोजेपछि रोकेको कार्यपालिका सदस्य दर्नालले बताए । आफुहरुले अहिले धान खेती रहेकाले केही समय पर्खिएर धान पाकेपछि स्थानीय जग्गावालाहरुसंग बसेर छलफल गरी काम गर्न भनेपनि गाउँपालिका अध्यक्ष थापा मगरले आफुखुसी गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुली र गाउँपालिकाको न्यायिक समितिमा आफुले उजुरी दिएको कार्यपालिका सदस्य दर्नालले बताए ।आफु दलित समुदायको भएकाले गाउँपालिका अध्यक्ष थापा मगरले आफुमाथि गैर कानूनी हर्कत गरेका कार्यपालिका सदस्य दर्नालले गुनासो गरे ।
यता,शहरी विकास तथा भवन निर्माण कार्यालय सिन्धुलीको आर्थिक लगानीमा फिल्डको स्तरोउन्नती गर्ने कामका लागि डिपिआर भई जेन्जी आन्दोलन पहिला जग खन्ने काम भई सकेको गाउँपालिका थापा मगरले बताए।पहिला सहमती मै काम सुरु भएको भएपनि पछि कार्यापालिका सदस्य दर्नालले फरक गतिविधि गरेपछि आफुले आवेशमा केही कडा शब्दहरु प्रयोग गरेको गाउँपालिका अध्यक्ष थापा मगरले स्वीकार गरे।उनले उक्त स्थानमा कार्यपालिका सदस्य दर्नालले भोग चलन गरी रहेको करिब १० धुर र अरु तीनजनाको सबै जमिन फिल्डमा पर्ने साथै काम गर्ने क्रममा भएको क्षेतीको विवरण संकलन गरेर धानबालीमा भएको क्षेतीपूर्ती उपलब्ध गराउने समेत बताए ।
फिल्डको दक्षिण तर्फ तपाईले आफ्ना नजिकका दुई जनालाई घर बनाएर बस्न दिएर फरक राजनीतिक आस्थाका कारण उत्तर तर्फ अतिक्रमण बढाईएको आरोप के हो ? भन्ने हाम्रो प्रश्नमा गाउँपालिका अध्यक्ष थापा मगरले दक्षिण तर्फ बसोबास गरेकाहरुले फिल्डको जमिन अतिक्रमण नगरेका दाबी गरे ।