आफ्नै ठाउँमा कर तिर्न पाउँदा व्यापारी,ब्यबसायी तथा उद्योगीहरु उत्साहित बनेका छन्। व्यापारी,ब्यबसायी तथा उद्योगीहरुको संगठन उद्योग बाणिज्य संघ लालबन्दीले आफ्नो कार्यालय मै कर तिर्ने व्यावस्था गरेपछि व्यापारी,ब्यबसायी तथा उद्योगीहरु खुसी भएका छन ।
सामान्य कर तिर्न पनि जिल्ला सदरमुकाम मलंगवा जानु पर्ने बाध्यतामा रहेका व्यापारी,ब्यबसायी तथा उद्योगीहरुलाई लक्षीत गरि आफ्नै ठाउँमा कर तिर्ने व्यावस्था गरि दिएपछि उनिहरु खुसी भएका हुन ।
सामान्य कर तिर्न पनि जिल्ला सदरमुकाम जानु पर्ने बाध्यतामा रहेका व्यापारी,ब्यबसायी तथा उद्योगीहरुहरुलाई सहज होस भनेर उद्योग बाणिज्य संघ लालबन्दीले आफ्नै ठाउँमा कर तिर्ने व्यावस्था गरेपछि लक डाउनको समयमा भिड भाड समेत नहुने गरेको भन्दै उनिहरुले खुसी व्यक्त गरेका हुन ।
करदाता सेवा कार्यालय मलंगवासंगको समन्वयमा उद्योग बाणिज्य संघ लालबन्दीले आफ्नै ठाउँमा कर तिर्ने व्यावस्था गरेको हो । साना करदाताहरुको लागि आर्थिक वर्ष २०७६÷०७७ मा ७५ प्रतिशत र ठुला करदाताहरुका लागि ५० प्रतिशत कर छुटको व्यावस्था सरकारले गरेको अवसर पारी उद्योग बाणिज्य संघ लालबन्दीले आफ्नो सेवा क्षेत्र भित्र हरेका साथै व्यापार,व्यावसाय अन्यन्त्र गरेका तर कर तिर्न जान नपाएका व्यापारी,ब्यबसायी तथा उद्योगीहरुहरुलाई कर तिर्न सहज होस भनेर आफ्नो कार्यालयमै कर तिर्ने व्यावस्थ गर्न सफ्टवयर जडान गरेर काम गरेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो ।
आफुहरुले गरेको अथक प्रयासका कारण करदाता कार्यालय मलंगवाले समन्वयात्मक भुमिका निर्वाह गरि आफ्नै ठाउँमा कर तिर्ने व्यावस्था गरि दिएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ । उद्योग बाणिज्य संघ लालबन्दीमा हाल करिब २ हजार ५ सय जना साना तथा ठुला करदाताहरु रहेका छन ।
नयाँ व्यक्तिगत प्यान बनाउनुका साथै सबै प्रकारका कर तिर्ने व्यावस्था आफ्नै ठाउँ बाटै भएपछि व्यापारी,ब्यबसायी तथा उद्योगीहरुहरु खुसी भएका छन । बिश्वब्यापी महामारिको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसका कारण ब्याबसायी नै ठुलो मारमा परेको भन्दै ब्याबसायीहरुलाई संक्रमणबाट जोगाउन भन्दै उद्योग बाणिज्य संघ लालबन्दीले आफ्नै ठाउँमा रहेको आफ्नो कार्यालयबाट नै कर तिर्न पाउँने व्यावस्था गरेको हो । लक डाउनका कारण कर कार्यालयमा पुग्न नपाएका आफ्नो व्यापार व्यावसाय जुनसुकै स्थानमा गरेका भएपनि उद्योग बाणिज्य संघ लालबन्दीमा आएर कर तिर्न सक्ने अध्यक्ष जोशीले बताउनु भयो ।