Close This

आइसोलेसन भवन निर्माणका लागि सहयोग जुट्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२१ गते   ४०९ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिका–६स्थित शिवनगरमा निर्माणाधिन आइसोलेसन भवनको लागि व्यक्तिगत तथा संस्थागतरुपमा आर्थिक सहयोगको क्रममा जारी छ ।

यसैबीच आईतबार सदरमुकाममा रहेको गौमती मावि र निलकमल इन्टरप्राईजेजले आर्थिक सहयोग गरेका छन् । गौमती मावि तथा गौमती क्याम्पसका शिक्षक एवं कर्मचारीको तर्फबाट ४१ हजार रुपैया हस्तान्तरण गरिएको क्याम्पस प्रमुख दिलवहादुर कटुवालले जानकारी दिनुभयो ।

त्यस्तै, वडा नं. ६ रातामाटामा रहेको निलकमल इन्टरप्राईजेजका सञ्चालक विष्णुबहादुर खड्काले निर्माणाधिन आइसोलेसनका लागि एक लाख एक हजार बराबरको निर्माण सामग्री सहयोग गर्नु भएको छ । उहाँले सहयोगको प्रतिवद्धता पत्र आइसोलेसन निर्माण समितिका संयोजक अशोक श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश सरकार र स्थानीय स्तरको सहयोगमा निर्माण भईरहेको पचास वेडको आइसोलेसन भवन निर्माणका लागि आवश्यक पर्ने सामग्री निलकमल इन्टर प्राईजेजले उपलब्ध गराउने भएको छ । खड्काले आइसोलेसन निर्माण पछि आवश्यक पर्ने सामग्री समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको बताईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech