g]kfnL ahf/df v'n]]cfd k6sf lalqm

283 Shares

सरकारले पटका,झिरझिरे लगायत पड्काउन र बाल्न प्रतिबन्ध लगाए पनि सर्लाहीमा कार्यान्वयन हुन सकेको छैन। तिहार सुरू भएसँगै बजार तथा गाउँगाउँमा पटका र झिरझिरेको आतंक नै सिर्जना हुने गरेको छ। भारतीय खुला सीमा नाकाको फाइदा उठाउँदै गैर कानुनी रूपमा भित्र्याइने यी सामग्रीको बिक्री वितरणमा स्थानीय प्रशासन भने बेखबर बनेको छ।विगतमा किराना र रङ पसलहरूमा लुकिछिपी बिक्री वितरण हुने पटकाहरू यसपटक बजारमा खुलेआम रुपमा बिक्री भई रहेको छ।जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि साँझको समयमा यत्रतत्र पटका पड्किएको आवाजले बालबालिका तथा वृद्धवृद्धालाई आतंकित बनाएको छ।
प्रहरी प्रशासनको बेवास्ताका कारण पछिल्लो समय सर्लाहीका विभिन्न क्षेत्रहरूमा गैर कानुनी क्रियाकलाप ले प्रसय पाउन थालेको सर्व साधारणको गुनासो छ।प्रशासन आफैंले प्रतिबन्ध लगाएको पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा प्रहरी मुकदर्शक बनेर बस्ने गरेको स्थानीय बताउँछन्। रमाइलो गर्ने नाममा हिँड्दै गर्दा खुट्टैनिर पटका पड्काउने,कानै खाने गी पटका पड्काउने तथा रातीको समयमा पनि पटका पड्काउने गर्दा सुस्त समेत समस्या हुने गरेको भन्दै कसैले नियन्त्रणमा चासो नदिँदा त्रास उत्पन्न भएको स्थानीयले बताए।
 रमाइलोका लागि भन्दै पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको थियो। आतिसबाजी पटका,झिरझिरे, आलुबम जस्ता विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र रु ३० हजार सम्म जरिवाना हुने व्यवस्था छ।

सम्बन्धित समाचार