सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्षहरुले नगरको शैक्षिक सुधारका लागि भन्दै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेका छन्।हरिवन नगरपालिकाका सबै वडाध्यक्षहरुले“अहिले नगरे कहिले गर्ने,हामीले नगरे कस्ले गर्ने”भन्ने नाराका साथ नगरका २४ वटै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेका वडाध्यक्षहरुको संयोजक हरिवन ३ का वडाध्यक्ष दीपमान लोप्चनले जानकारी दिए ।उनका अनुसार हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता नमूना मा.वि.को सभाहलमा भएको अन्तरक्रियाका क्रममा प्रधानाध्यापकहरुले नगरको समग्र शैक्षिक सुधारका लागि महत्वपूर्ण सुझाव दिएका छन् ।
सामुदायिक विद्यालयहरुमा विद्यार्थी टिकाइ राख्न चुनौती रहेको प्रधानाध्यापकहरुले गुनासो गरेका महादेव जनता माविका प्रधानाध्यापक गिरीराज रानाले बताए।उनका अनुसार अभिभावकहरुले गुणस्तरभन्दा पनि रिजल्ट राम्रो खोज्ने गरेकोले सामुदायिक विद्यालयहरुले त्यो नतिजा दिन नसक्दा विद्यार्थीहरुको संख्या घट्दो अवस्थामा रहेको छन् ।
जसका लागि शिक्षकहरुलाई समेत विभिन्न प्रकारका शैक्षणिक तालिमहरुको आयोजना गर्नुपर्ने प्रधानाध्यापकहरुले धारणा राखे।आफूहरुले नियमित पठनपाठनसहित अत्तिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिई रहेको जानकारी दिँदै नगरपालिकाबाट हुन नसकेको रनिङ शिल्ड प्रतियोगिता छिटो गर्न सुझाव दिएका नगरपालिकाको शिक्षा शाखाका रुस स्टालिन चौलागाईले बताए ।