उप प्रमुख साह सहित वडाध्यक्षहरुले नै गरे नगरपालिकामा तालाबन्दी

443 Shares

सर्लाहीको मलंगवा नगरपालिकामा उपप्रमुख र वडाध्यक्षहरुले नै अनिश्चितकालिन तालाबन्दी गरेका छन्।विभिन्न १० बुँदे मागसहित उपप्रमुख सकुन्तला देवी साह र वडाध्यक्षहरुले नगरपालिकाको स्वास्थ्य र राजस्व शाखा बाहेक नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित अन्य शाखाहरुमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
ज्येष्ठ नागरिक,एकल महिला,अपाङ्गता भएका व्यक्ति,बालबालिका लगायतको सामाजिक सुरक्षा भत्ता तुरुन्त निकासा गर्नुपर्ने,शिक्षक, कर्मचारीलाई तलब दिनुपर्ने र नगरपालिकामा बिचौलियाको हालिमुहाली रोक्नु पर्ने लगायतको माग राखेर उपप्रमुख साह र वडाध्यक्षहरु आन्दोलित भएका हुन ।

सम्बन्धित समाचार