राप्रपा मोरङ क्षेत्र नम्बर ६ क को अध्यक्षमा थारु सर्वसहमत

320 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा(क)को अध्यक्षमा श्रवण कुमार सरदार थारु सर्वसहमत चयन भएका छन्।मोरङको बुढीगंगा गाउँपालिका स्थित रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को सभा हलमा भएको प्रादेशीक अधिवेशनले थारुको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा(क) प्रादेशीक समिति सर्वसहमत चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङ निर्वाचन समिति सदस्य शोभा प्याकुरेलले जानकारी दिईन् ।
उनका अनुसार उद्धव राज कार्कीको अध्यक्षता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय महामन्त्री प्रल्हाद साहको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङका निर्वाचन समितिका अध्यक्ष एवम केन्द्रीय सल्लाहकार उद्धव चन्द्र घिमिरे,राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङ निर्वाचन समितिका सचिव जय सिटौला लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार