अब नेता तथा कार्यकर्ताले नेकपा(माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी) लगायतका पुराना पार्टीको नाम बिर्सेर नेपाली कम्युनिस्ट पार्टीलाई नै अगाडि बढाउने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले बताए ।नेपाली कम्युनिष्ट पार्टी सर्लाहीको आयोजनामा लालबन्दीमा भएको जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा सह संयोजक नेपालले समाजवाद,न्याय र सम्मानको व्यवस्था स्थापना गर्ने लक्ष्यसहित ११ राजनीतिक घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको स्मरण गराउँदै एकतापछि पुराना पार्टीको नाम बिर्सेर नेपाली कम्युनिस्ट पार्टीलाई नै अगाडि बढाउने तर्फ ध्यान केन्द्रित गर्नेुपर्ने बताए ।
जिल्लामा पहिलो पटक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आएका सह संयोजक नेपालले मंसिर २० गते मधेश प्रदेश राजधानी जनकपुरमा आयोजना गरिएको बृहत् एकता सन्देश सभालाई सफल बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय बन्न पनि निर्देशन दिएका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय महाधिवेशन आयाेजक समिति सदस्य एवम जनयुद्धकालका सर्लाही ईन्चार्ज लुमणी धिमाल(लोचन)ले जानकारी दिए ।
उनका अनुसार पार्टी एकता पछि मधेश प्रदेशमै पहिलाे कार्यक्रम सर्लाहीमा भएको र साेही कार्यक्रमलाई सम्बाेधन गर्दै सह संयाेजक नेपालले जनताको चाहना पूरा गर्ने उद्देश्यले एकीकृत पार्टी निर्माण गरिएको बताउँदै नौजवान,युवा र महिलालाई अझ सशक्त रुपमा अगाडि बढाउन पार्टी जिम्मेवार रहने समेत बताए ।साथै उनले नेता–कार्यकर्तालाई जनता माझ गएर समस्या सुन्ने र समाधानमा जुट्न पनि अनुरोध गरेका छन् ।