३ हेक्टर वन अतिक्रमण खाली गराईयो

296 Shares

सर्लाहीको सव डिभिजन वन कार्यालय लालबन्दीले करिब तीन हेक्टर अतिक्रमण हटाएको छ।सव डिभिजन वन कार्यालय लालबन्दी अन्र्तगतको लालबन्दी नगरपालिका ११ को रामजानकी सामुदायीक वन उपभोत्ता समुहको वन क्षेत्रमा विभिन्न किसिमका भौतिक संरचना बनाएर तथा तरकरी,अन्नवाली र फलफुल समेत लगाएर अतिक्रमण गरिएको करिब तीन हेक्टर क्षेत्र खाली गराइएको सव डिभिजन वन कार्यालय लालबन्दीका वन अधिकृत रत्न वि. क.ले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका ११ को रामजानकी सामुदायीक वन उपभोत्ता समुहको क्षेत्रमा विभिन्न किसिमका तरकारी,फलफुल तथा अन्नवाली र भौतिक संरचना बनाई वन क्षेत्र अतिक्रमण गरि रहेको क्षेत्रलाई खाली गराईएको हो ।उत्त क्षेत्रलाई यथासिघ्र घेराबेरा गरी वृक्षारोपण गर्ने डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए।उनका अनुसार उक्त क्षेत्रमा सुकुम्बासीहरु भन्दा गैर सुकुम्बासीहरुले वन क्षेत्र अतिक्रमण गरि भोगचलन गरेका पाइएको छ।पछिल्लो समय डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले यसरी भई रहेका अतिक्रमणहरु खाली गराई रहेको छ ।

सम्बन्धित समाचार