नेपाल भारत सीमा क्षेत्र स्थित सर्लाहीको विष्णु गाउँपालिका ६ बाट नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।कौडेना गाउँपालिका ५ छपकैयाका अन्दाजी ३० वर्षीय फिरोज खानलाई नक्कली नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार खानको साथबाट नक्कली नेपाली रुपियाँ एक हजार दरका ९५ थान फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
भारतीय बजारबाट सिमरातर्फ अनटेष्ट मोटरसाइकलमा आउँदै गरेका खानलाई इलाका प्रहरी कार्यालय सिमरा फेन्हराबाट खटिएको प्रहरीले टोलीले शंका लागि चेकजाँच गर्दा खानको हरीरबाट नक्कली ९५ हजार बरामद गरिएको हो।बरामद् भएको रकम सहित खानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।