Close This

बन्दीबन्दीले राष्ट्रिय युद्ध संग्रहालय निर्माणको काम प्रभावित

रासस    प्रकाशित: २०७७-४-२९ गते   ५२० पटक हेरिएको

सिन्धुलीगढीमा ऐतिहासिक राष्ट्रिय युद्ध संग्रहालय निमार्ण कार्य बन्दीबन्दीले प्रभावित भएको छ । नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई हराएर इतिहास कायम गरेको सिन्धुलीगढीमा नेपाली सेनाले संग्रहालय निर्माण कार्य करिब ४ महिना लामो बन्दाबन्दीले प्रभावित भएको हो ।
ऐतिहासिक सिन्धुलीगढीको संरक्षणार्थ स्वामित्वकर्ता कमलामाई नगरपालिका सिन्धुलीले निर्माण गरेको पार्क नजिक संग्रहाहलय निर्माण कार्य सुरु गरेको थियो । वि.सं.२०७६ मंसिर पहिलो साताबाट संग्रहालयको निर्माणको काम सुरु भएको बर्दबहादुर गणका गणपति विजय थापाले बताउनु भयो । उहाँका अनुसार ऐतिहासिक राष्ट्रिय युद्ध संग्रहालय निमार्ण कार्य अहिले सम्म जम्मा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
पुरातत्व विज्ञहरू र मेगा सिभिल कन्सल्टेन्ट प्राइभेट लिमिटेडले तयार पारेको संग्रहालयको नक्सांकन, डिजाइनकै आधारमा २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको काम  बन्दाबन्दीको कारण निर्धारीत समयमा सम्पन्न हुन नसकेको गणपति थापाले बताउनु भयो । २०७७ असोज मसान्तसम्म संग्रहालय निर्माण गरि सक्ने गरि काम भई रहेको पनि गणपति थापाले बताउनु भयो ।
संग्रहालय पुरानो र नयाँ मिश्रित मोडलमा निर्माण भइरहेको छ । संग्रहालयभित्र वृत्तचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, तत्कालीन युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाले लगाउने गरेको पोसाक प्रदर्शनका लागि कास्टेरिया, गढी अवलोकनका लागि आउने आन्तरिक वा बाह्य पर्यटकले उपहार स्वरूप लानसक्ने बस्तुहरू उपलब्ध सोभनियर कक्षलगायत रहने बताइएको छ ।
करिब ४ हजार ९ सय २० वर्ग फिट क्षेत्रफलमा निर्माण हुने एकतले ६ कोठे संग्रहालयको कुल लागत ४ करोड ५० लाख रुपैयाँ रहेको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्क खत्रीले जानकारी दिनु भयो ।गढी दरबार बनाउनका लागि प्रदेश सरकाले ४ करोड बजेट विनियोजन गरेको छ । कमलामाई नगरपालिका–३ मा रहेको गढीमा पर्यटक भित्र्याउन संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले जनाएको छ । संग्रहालयमार्फत पर्यटकहरूका लागि गढीको इतिहासबारे बुझाउन सकिने नगर प्रमुख खत्रीले बताउनु  भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech