जनकपुर यातायात जीप–टेम्पो व्यवसायी संघको अध्यक्षमा मैनाली सर्वसहमत

198 Shares

जनकपुर यातायात जीप–टेम्पो व्यवसायी संघको अध्यक्षमा पुनःराजेश कुमार मैनाली(राजकुमार)चयन भएका छन्।आईतबार लालबन्दीमा सम्पन्न संघको २७ औँ वार्षिक साधारण सभा तथा रौतहट सर्लाही यातायात प्रा.लि.को सातौं वार्षिक साधारण सभाले जिल्लाकै पुराना यातायात व्यवसायी मैनालीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेकोे हो।साधारण सभाले बाँकी पदाधिकारी र सदस्य चयन गर्ने जिम्मेवारी पनि अध्यक्ष मैनालीलाई नै प्रदान गरेको छ ।

IMG-20251228-WA0001.jpg
सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित होटल आर्या ईन प्रा.लि.मा संघका अध्यक्ष मैनालीको अध्यक्षक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक कुमार साहको प्रमुख आतिथ्यतामा संघको साधारण सभा सम्पन्न भएको हो ।

IMG-20251228-WA0002.jpg
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम प्रहरी निरीक्षक विरेन्द्र सिंह जोहारी,सुनौलो विपी यातायात प्रा.लि.सिन्धुलीका अध्यक्ष कान्छामान बल,सर्लाही ट्रक व्यवसायी संघ नयाँ रोड, सर्लाहीका सह सचिव रोशन भट्टराई र लालबन्दी नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष गोपाल प्रसाद घिमिरे लगायतको आतिथ्यतामा संघको साधारण सभा सम्पन्न भएको संघका उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार