सर्लाहीका लागि मतपत्र आईपुग्यो,१८ गते सम्म मतदान केन्द्रमा कर्मचारी पुगि सक्ने

162 Shares

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र  सर्लाही आइपुगेको छ।काठमाडौंस्थित निर्वाचन आयोगबाट नेपाली सेनाको स्कर्टिङमा मतपत्र ल्याइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवम जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए ।
उनका अनुसार मतपत्र प्राप्त भएसँगै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण निर्वाचन सामग्री जुटेको छ।अब सर्लाहीका चार वटै निर्वाचन क्षेत्रका प्रत्येक मतदान केन्द्रमा कर्मचारी पठाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।फागुन १८ गतेसम्म मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख पौडेलले बताए।मतदान अधिकृत र सहायक मतदान अधिकृत सहितका कर्मचारी मतपत्र र अन्य आवश्यक निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुग्ने छन् ।
मतदान केन्द्रमा पुगेर सर्वपक्षीय बैठक गर्ने,निषेधित चार किल्ला तोक्ने,मतदान केन्द्र तयार पार्ने लगायतका काम गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।कर्मचारीसँगै मतदान केन्द्रमा पुग्न नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि तयारी अवस्थामा रहेका जिल्लास्तरिय सुरक्षा समितिका संयोजक एवम सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।
फागुन २१ गतेको निर्वाचनका लागि सर्लाहीमा तीन सय १२ मतदानस्थल र छ सय २८ मतदान केन्द्र तोकिएका छन्।जिल्लामा दुई लाख ७८ हजार आठ सय ३७ जना पुरुष,दुई लाख ३२ हजार सात सय ५८ जना महिला र ११ जना अन्य गरी जम्मा पाँच लाख ११ हजारछ सय छ जना मतदाताले सर्लाहीका चार वटा क्षेत्रका एक सय ३१ जना उम्मेदवारहरुलाई मतदान गर्ने छन् ।

सम्बन्धित समाचार