Close This

हरिपुरका स्वास्थ्यकर्मीहरु धर्नामा,नगरपालिकाले सकेको सहयोग गर्ने नगर प्रमुख मन्सुरको भनाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१ गते   ३३६ पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुले नगरपालिका कार्यालयमा धर्ना दिएका छन । गत चैत २० गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार जोखिम भत्ता उपलब्ध गराउन माग गर्दै स्वास्थ्यकर्मीहरु गत शुक्रबार गतेदेखि धर्नामा बसेका हुन ।
कोरोना संक्रमणको समयमा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा खटिँदा तलबको सतप्रतिशत र स्वास्थ्य संस्थामा खटिँदा ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने बैठकले निर्णय गरेको थियो । कार्यपालिका बैठकले निर्णय गरेको चार महिना भन्दा बढी भइसक्दा समेत सेवा सुविधा नपाएपछि आन्दोलन नै गर्नुपरेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।
एक÷दुई जना स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामै बसेर सेवा प्रदान गरिरहेका छन् भने बाँकी नगरपालिकाको कार्यालयमा आएर धर्नामा बसेका छन् । स्वास्थ्यकर्मीहरुले गत बिहीबार स्वाब संकलन भइरहँदा हरिपुरस्थित हात्तीसार मैदानमा जम्मा भएर सांकेतिक विरोध पनि जनाएका थिए । त्यस यता शुक्रवारदेखि नगरपालिका कार्यालयमै धर्नामा बसिरहेका स्वास्थ्यकर्मीहरुले जोखिम सुरक्षा भत्ता र स्वास्थ्य सुरक्षा सामग्री माग गरेका छन् । 
संकटको समयमा जोखिम मोलेर काम गर्दा समेत श्रम शोषण नगर्न स्वास्थ्यकर्मीहरुले माग हुन । आन्दोलित स्वास्थ्यकर्मी र नगरपालिकाबीच आईतबार दिउँसो भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । भने आफुहरुले नगरपालिकाले सकेको सहयोग गर्ने र बाँकी भक्ताको लागि मन्त्रालयलाई पत्राचार गर्ने नगर प्रमुख जमरुदिन मन्सुरले बताउनु भयो ।
नगरसंग आयस्रोत छैन । विकासको बजेट काटेर कर्माचारी पाल्ने कुरा भएन । हामी मन्त्रालयसंग पनि माग गर्दै छौँ नगर प्रमुख मन्सुरले बताउनु भयो । उहाँले नगरको विकासका लागि आएको रकम काटेर कर्माचारी पाल्ने कुरा आएन मन्त्रालयलाई माग गर्ने बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech