योजनावद्ध हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

194 Shares

योजनावद्ध हत्या गरी फरार रहेका एक अभियुक्तलाई ईलाका प्रहरी कार्यालय बर्दिवासको प्रहरी टोलीले पक्राउ गरेको छ।२०७६ असार ३१ गते बर्दिबासमा श्रवण कुमार थापाको मृत्यु भएको विषयलाई सुक्ष्म तरिकाले अध्यायन एवम अनुसन्धान गरी रहेको प्रहरी टोलीले योजनावद्ध हत्या भएको पुष्टि गर्दै अभियुक्तलाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाले जनाएको छ ।
कार्यालयका अनुसार सुरुमा सामान्य सवारी दुर्घटना मानिएको उक्त घटनालाई मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम डीआईजी गोविन्द थपलियाको निर्देशनमा ईलाका प्रहरी कायाृलय बर्दिवासका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षक विकास बमले सुक्ष्म अनुसन्धान गरेका थिए ।
प्रहरीको अनुसन्धानका क्रममा श्रीमती पूजा थापाले आफ्नी आमा र पाँच दिदी बहिनीसँग मिलेर रु तीन लाख ५० हजार“सुपारी”दिई श्रीमानको हत्या गराएकी र त्यसपछि हत्यामा संग्लग्न अभियुक्त भारतको गोवामा लुकेर बसेका थिए ।उनलाई नेपाल–भारत समन्वयमा बाँके सीमाबाट पक्राउ गरिएको हो।पक्राउ पर्नेमा श्रीमती पूजा,सालीहरू निशा र आरती रहेका छन्।अन्य तीन दिदीबहिनी र आमा अझै फरार छन् भने यसअघि पक्राउ परेका चार जना “सुपारी किलर”भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनको क्रममा जेलबाट  भागेका थिए।
यता,ईलाका प्रहरी कार्यालय बर्दिवासमा प्रहरी प्रमुखको रुपमा प्रहरी नायव उपवरीक्षक बम आएदेखि नै बर्दिवास क्षेत्रमा हुने गैर कानूनी क्रियाकलापहरुका साथै लागु औषधका सवालमा चर्चा गर्न लायकका काम भएका स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार