सर्लाहीको लालबन्दी,हरिवन,बागमती,हरिपुर,बरहथवा र मलंगवा क्षेत्रका खाजा घर,क्याफे, होटल तथा गेष्ट हाउस र रेष्टुरेण्टको नाममा अवैध यौन धन्दा सञ्चालन भइरहेको तथ्य फेला परेको छ।सर्लाहीको लालबन्दी,हरिवन र बागमतीलाई सभ्य नागरिकहरुहरु रहेको भनिए पनि पछिल्लो समयमा यही क्षेत्र राज्यको नीति नियम विपरितका गतिविधिहरु हुने गरेका तथ्यहरुले भरिएको पाइएको हो ।
लालबन्दी,हरिवन,बागमती,हरिपुर,बरहथवा र मलंगवा क्षेत्रका खाजा घर,क्याफे, होटल तथा गेष्ट हाउस र रेष्टुरेण्टहरुमा रु एक हजारदेखि पाँच हजार सम्ममा यौनजन्य गतिविधिका लागि मोल मोलाइ हुने गरेको तथ्य फेला परेपछि यस क्षेत्रका खाजा घर,क्याफे, होटल तथा गेष्ट हाउस र रेष्टुरेण्टहरुमा अवैध यौन धन्दा सञ्चालन हुने गरेको तथ्या फेला परेको हो ।
कतिपय स्थानमा खाजा पसल,क्याफे तथा गेष्ट हाउसको आवरणमा अनैतिक गतिविधि सञ्चालन भइरहेको छ भने बाहिर विभिन्न नाम दिएका खाजा घर,क्याफे तथा गेष्ट हाउस तथा रेष्टुरेन्टहरुमा खानेकुरा केही पाइदैन् तर खुलेआम अवैध यौन धन्दा चलाउने गरिएको भएपनि सुरक्षाकर्मीहरु नै कमिसन असुलेर सहजता प्रदान गर्न तर्फ लागेका पाइएको छ ।
विद्यालय नजिक तथा अन्य संवेदनशील क्षेत्रहरूमा समेत यस्ता गतिविधि सञ्चालन भइरहेको भएपनि कानूनी दायरामा ल्याउने प्रहरी प्रशासन नै कमिसन असुलीमा लागेपछि समाजमा विकृति,विसंगति र अपराधजन्य गतिविधि बढ्ने जोखिम रहेको स्थानीय जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार लालबन्दी,हरिवन र बागमतीलाई सुन्दर र व्यवस्थित सहर बनाउने अभियान चलिरहेका बेला यस्ता गतिविधि खुलेआम सञ्चालन हुनु गम्भीर चिन्ताको विषय हो ।सम्बन्धित निकायको निगरानी र कारबाहीको अभावले यस्ता गतिविधि मौलाएको स्थानीयको आरोप छ भने केही यस्ता खाजा घर,क्याफे तथा गेष्ट हाउस र रेष्टुरेन्टहरुका कारण गैर कानूनी कार्य नगर्ने होटल एण्ड लज सञ्चालकहरु पनि चिन्तित बनेका छन् ।