भारत जान लागेकी एक किशोरी सहित तीन जना नियन्त्रणमा

205 Shares

सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित पिपलबोट नाकाबाट शंकास्पद तरिकाले भारत जान लागेकी एक किशोरी सहित दुई जना युवाहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपाल भारत सीमा नाका स्थित मलंगवा नगरपालिका–९ पिपलबोटबाट शंकास्पद तरिकाले भारत तर्फ जान लागेकी गोरखाको पालुङ्टार नगरपालीकाकी अन्दाजी २० वर्षकी प्रतिमा सुनारलाई शंकालागि सोधपुछ गरी उनको साथमा रहेका सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरीयाका अन्दाजी २१ वर्षका रोहित पासवान र कविलासी नगरपालिका–१ सलेमपुरका अन्दाजी वर्ष १८ का राहुल यादवलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट डिउटीमा खटिगएका सशस्त्र प्रहरी सहायक निरीक्षक रवि भुजेलको कमाण्डको टोलीले नियन्त्रणमा लिएर आशिष सामाजिक सेवा नेपाल मलंगवामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरीक्षक विष्ण्ुा अधिकारीले जानकारी दिए ।
उनका अनुसार नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा शंका लागि सोधपुछ गर्दा मानव वेचबिखन हुन सक्ने शंका लागी सुनार सहित पासवान र यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागी आशिष सामाजिक सेवा नेपाल मलंगवामा बुझाईएको हो ।

सम्बन्धित समाचार