नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सर्लाहीको इन्चार्जमा पुन अच्युतम प्रसाद काफ्ले चयन भएका छन्।नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा(माओवादी)बाट समेत पार्टी छोडेर आउनेहरुलाई समेत समावेश गरी जिल्ला इन्चार्ज,सह–इन्चार्ज,संयोजक तथा सह–सह संयोजक चयन गर्दा काफ्लेलाई इन्चार्जको जिम्मेवारी प्रदान गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रीय कार्यालयले जनाएको छ।कार्यालयका अनुसार सह–इन्चार्जमा प्रदेश सभा सदस्य वेची लुङ्गेली,सुरेन्द्र लामा,कमल सुस्लिङ,सावित्री बुढाथोकी र सलमान मिकरानी चयन भएका छन् ।संयोजकमा रामेश्वर प्रसाद यादव र सह–संयोजक पदमा शिवनाथ चौधरी,राज कुमार यादव,अख्तर मिकरानी,विनिता काफ्दे(दाहाल) चयन भएका छन् ।
विभिन्न करिब दुई दर्जन अलग अलग समुहबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएका नेता तथा कार्यकर्ताहरुलाई समेटेर पुनर्गठन अभियान चलाई हरेक जिल्लाहरुका इन्चार्ज,सह–इन्चार्जका साथै संयोजक तथा सह–संयोजक चयन गरिएको हो ।विप्लव नेतृत्वको नेकपा(माओवादी)का तत्कालीन स्थायी समिति सदस्य उमा भुजेल र चन्द्रबहादुर खड्कालगायत नेतामाथि नेतृत्वले कारबाही गर्दै निष्कासन गरेपछि विकसित राजनीतिक घटनाक्रमसँगै देशका विभिन्न जिल्लाका नेता–कार्यकर्ता पुनर्गठित नेकपामा आबद्ध हुन थालेका छन् ।